FILE- In this Oct. 11, 2015 file photo, Nepal's Khadga Prasad Oli addresses the parliament before being appointed as the new Prime Minister in Kathmandu, Nepal. Oli has resigned before facing a confidence vote in parliament that he expected to lose. (AP Photo/Niranjan Shrestha, File)

मुख्य समाचार

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा, कार्यान्वयनमा युवाको जोड

By थाहा अनलाइन

May 22, 2018

सैघाली खबर काठमाण्डौं,८ जेठ

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको ७९ औँ बुँदामा रोजगारी अवसरका सम्भाव्य क्षेत्र पहिचान गर्न रोजगारीका लागि व्यसायिक सीप विकास गर्न र देशभित्रै व्यापक रोजगारीका अवसरको सिर्जना गरी पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानुपर्ने स्थितिको अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गरिनेछ भनिएको छ । अर्थविद् डाक्टर चन्द्रमणी अधिकारी आउँदो आर्थिक वर्षको कार्यक्रमले निर्धारण गर्ने बताउनुहुन्छ ।

अधिकारीले भन्नुभयो, ‘पाँच वर्ष भनेको हुनाले भोलिको दिनमा हाम्रा कार्यक्रम कस्ता आउँछन्, त्यसले पनि निर्धारण गर्छ ।’ अहिले दैनिक दुई हजार नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन् । यस्तो अवस्थामा हरेक सरकारले ल्याउने नीति तथा कार्यक्रम महत्वकाक्षी मात्र आउने तर व्यवहारमा लागु गर्न कठिन हुने टिप्पणी हुन थालेको छ ।

युवा अभियन्ता प्रदिप परियार नीतिमा यो कार्यक्रम आउनु सकारात्मक भएको बताउनुहुन्छ । तर बजेट र कार्यक्रम प्रभावकारी नभए यो विषय घोषणामा मात्रै सिमित हुने उहाँको टिप्पणी छ । तर विज्ञले भने अहिले ५ बर्षका लागि स्थायी सरकार बनेकाले पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानुपर्ने स्थितिको अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने अपेक्षा गर्न सकिने बताएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा श्रम स्वीकृति लिएर हालसम्म करिब ४४ लाख व्यक्ति रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका छन् । तीमध्ये ९५ प्रतिशत कामदारको गन्तव्य खाडीका ६ मुलुक र मलेसिया हुँदै आएको छ । सरकारले यसअघि ल्याएको युवा स्वरोजगार कार्यक्रम जस्तै केही सिमित व्यक्तिको वर्चश्व हुने डर यो कार्यक्रममा पनि छ । त्यसैले कार्यक्रमको घोषणा मात्रै होइन, कार्यान्वयन गर्न एक दिन पनि खेर नफाली लाग्नुपर्ने देखिन्छ ।