अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली नेतालाई चेतावनी

By थाहा अनलाइन

May 22, 2018

सैघाली खबर काठमाण्डौं,८ जेठ

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली शासक किम जोङ उनलाई चेतावनी दिनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासकबीच अर्को महिना शिखर वार्ताको तिथि तय गरिएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्प विरुद्ध कुनै खेल खेले त्यो किमको ठूलो गल्ती हुने बताउनुभयो । उहाँले राष्ट्रपति ट्रम्पले जुन १२ को शिखर वार्ता छोड्न सक्ने पनि बताउनुभयो । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार जोन बोल्टनको प्रतिक्रिया पछि उत्तर कोरियाले वार्तामा नबस्ने चेतावनी दिएको छ । बोल्टनले उत्तर कोरियाको निःसस्त्रीकरणका लागि लिविया मोडल अपनाउन सुझाव दिएपछि उत्तर कोरिया आक्रोशित बनेको हो ।