रूकुम पुथा उत्तरगंगाका सबै वडा सचिवविहीन



सैघाली खबर,
रुकुम ८ जेठ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडा नौ महिनादेखि सचिवविहीन भएका छन् ।

दुर्गम भन्दै कार्यरत सचिव सरुवा भएर गएपछि गाउँपालिका सचिवविहीन भएका हुन् । दुर्गमताका कारण सचिव बस्न नमानेको गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्तीले जानकारी दिएका छन् ।

उनका अनुसार असोजभन्दा पहिले पनि चारजना सचिव मात्र थिए भने एकजना सचिवले तीन(चार वडा हेर्दै आएका थिए । एकजना सरुवा भएर गएको र अन्य तीनजना गाउँपालिकालाई जानकारी नगराई रुकुम ९पश्चिम० मा रहेका अध्यक्ष घर्तीको भनाइ छ ।

गाउँपालिकाका सबै वडा सचिवविहीन भएपछि प्रशासनिक काम, प्रशासनिक खर्चसमेत अवरुद्ध भएको छ भने वडामा सचिवबाट हुने कामकाज प्रभावित भएको छ । पञ्जीकरणलगायतका काम प्रभावित भएको अध्यक्ष घर्तीले जनाए ।

अहिले सचिव नभएपछि सबै वडामा कार्यालय सहयोगीले सामान्य कामकाज गरिरहेको बताइएको छ । सचिव नहुँदा कार्यालय सञ्चालनमा समस्या भएको छ ।

यसबारे सामान्य प्रशासन, स्थानीय विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा पटकपटक जानकारी गराए पनि सम्बोधन नभएको गाउँपालिकाका अध्यक्ष घर्तीले गुनासो गरेका छन् । १, २ र ३ नं वडाका सचिवले गाउँपालिकामा जानकारी नगराई पश्चिम रुकुममा गएको पनि उनले बताए।

सचिवहरु सञ्चार, सडकलगायतका असुविधा नहुँदा बस्न मान्दैनन् । मगर समुदायको बाहुल्य भएको क्षेत्र भएकाले खानपान, रीतिरिवाज, बोलीचालीमा समेत फरक पर्दा कर्मचारी यहाँ लामो समयसम्म बस्न नमान्ने बताइन्छ। सचिव नहुँदा दैनिक कामकाजमा समस्या हुने गरेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत तिलक रावतले बताए ।

कार्यालय सहयोगीदेखि प्रमुखसम्मको काम आफूले गर्ने गरेको उनको भनाइ छ । लेखापाल र निमित्त प्रशासकीय अधिकृत गरी दुईजना मात्रै निजामती कर्मचारी भएको उनले बताए ।setopati

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्