गोरे पक्राउ, साढे १२ बजे छानविन समितिले सार्वजनिक गर्ने



सैघाली खबर,
काठमाडौं, ८ जेठ । तीन वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको तस्करीको ३८ क्विन्टल सुन तस्करी र सुन भरिया सनम शाक्य हत्याका मुख्य अभियुक्त मोरङ उर्लाबारीका चुडामणि उप्रेती गोरेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको विशेष टोलीले नेपाल–भारत सीमावर्ती क्षेत्रमा गोरेलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार गोरे पछिल्लो पटक साढे ३३ किलो सुन प्रकरण र सनम हत्यासहित यातना दिन सक्रिय थिए ।

गृह मन्त्रालयले गठन गरेको सहसचिव इश्वराज पौडेलको नेतृत्वको छानविन समितिले साढे १२ बजे पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने भएको छ ।

गृह मन्त्रालयमा गोरेलाई सार्वजनिक गरी जिल्ला अदालत मोरङको बिराटनगरमा मुद्दा चलाइने छ । सनम हत्या र सुन तस्करी प्रकरणमा गोरेसहित ३४ फरार थिए । ६३ जनाविरुद्ध अभियोगपत्र दर्ता गरिएको थियो ।

हिरासतमा रहेका २९ जनासँग जिल्ला अदालत मोरङले बयान लिइसकेको छ । रहस्यमय बन्दै गएको सुन तस्करी र सनम हत्याका विषयमा गोरेको बयानले धेरै खुल्न सक्ने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्