सुन तस्करीका नाइके पक्राउपछि सार्वजनिक

By थाहा अनलाइन

May 22, 2018

सैघाली खबर, काठमाडौ‌।साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउपछि मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। उनलाई मंगलबार बिहान ५स्३० बजे काठमाडौं महानगरपालिका(८ गौरीघाटबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनलाई थप अनुसन्धानका लागि अब छिट्टै विराटनगर पठाइने छानविन समितिका सहसंयोजक तथा गृह मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद पौडेलले बताए। सुन काण्डका बारेमा गोरेबाट थप सूचना मिलेको र यसले अनुसन्धानमा मद्धत मिल्ने पनि उनले बताए।