अचम्म : मान्छेको अनुहार भएको लौका फलाइयो चीनमा



सैघाली खबर,
जेठ ८ एजेन्सी । बजारमा तरकारी किन्न जाँदा पसलेले “कस्तो अनुहारको लौका दिऊँरु” भन्यो भने तपाईं के उत्तर दिनुहोलारु लौकाको अनुहार नै के भन्नु ररु हो, आकार भनेको खण्डमा भने लाम्चो, गोलो, डल्लो या फर्सीजस्तो केही छनौटहरू उपलब्ध होलान् ।
तर अचेल प्रविधिमा नयाँ नयाँ प्रयोग गरिरहने चीनले भने त्यहाँका तरकारी पसलेहरूलाई “कुन अनुहारको लौका दिऊँरु” भन्ने प्रश्नको उत्तरमा अध्यक्ष माओ जस्तो, बुद्ध जस्तो, कन्फ्युसियस, लाओत्से या येसु ख्रीष्ट जस्तो भन्ने छनौटको अवसर प्राप्त भएको छ ।
त्यसैले अचेल चीनमा केही लौकाहरू विश्वका अन्य भागभन्दा एकदम फरक छन् र यिनीहरूको फरकपन भनेको तिनको अनुहार हो । यस्तो हुनुका पछाडिको कथा पनि कम रोचक छैन । र यो कथा सुरु हुन्छ सी ल्यु झी भन्ने व्यक्तिको एउटा भ्रमणबाट ।
बागबानीमा रुचि राख्ने ल्यु झी एकपटक चीनको सिचुआन प्रान्तमा अवस्थित हजार वर्ष पुरानो मन्दिर पुग्छन् र त्यहाँ एउटा बौद्ध भिक्षुले उनलाई आफूले देखेको सपनाका बारेमा बताउँछन् ।
ती भिक्षुले सपनामा प्रसिद्ध देवताहरूका अनुहार भएका लौका देखेका रहेछन् । यस सपनाको बारेमा सुन्ने बित्तिकै ल्यु झीको दिमागमा कलात्मक लौका फलाउने इच्छा जाग्छ र त्यहाँ देखी सुरुवात हुन्छ रचनात्मक बागबानीको यस रोचक कथाको ।
त्यसपछि सीले आफ्नो बारीमा विभिन्न अनुहारका लौका फलाउने गरेका छन् । यिनमा विविधता छ । उपभोक्ताले अध्यक्ष माओ देखि येसु ख्रीष्ट, बुद्ध देखि भाग्यका देवतासम्म र लाओत्से देखि सान्ता क्लाउससम्म फरक फरक अनुहारका लौका छानीछानी घर लैजान सक्छन् ।
तर यति हुँदाहुँदै पनि उनले बारीमा कुनै पनि प्रकारको कीटनाशकको प्रयोग गर्दैनन् । यसको अर्थ सीले फलाएका लौका पूर्णतया जैविक छन् र खानका लागि सुरक्षित छन् ।
चीनमा यस्ता कलात्मक लौकाको प्रयोग तरकारी खानभन्दा पनि बालबालिकालाई ऐतिहासिक हस्तीहरूको पहिचान दिन पनि प्रयोग गर्न थालिएको छ । बच्चाहरूलाई चीनको इतिहास र यसमा विभिन्न व्यक्तिहरूको योगदानबारेमा सिकाउन समेत यी लौका सहायक सिद्ध भएका हुन् ।
सीले फलाउने यी लौका त्यत्तिकै फाल्ने भने होइनन् यसमा उनको रचनात्मकता प्रष्टसँग झल्किन्छ । उनले लौकालाई चिचिलामै प्लास्टिकको साँचो भित्र राख्ने गर्दछन् जसले गर्दा त्यो हुर्किंदा साँचो अनुरुप हुर्किन्छ र सो अनुरुप नै त्यसले आकार प्राप्त गर्दछ ।
सीबाट नै सिकेर अचेल चीनका अन्य किसानहरूले पनि अनुहार भएका लौका फलाउन सिकेका छन् ।
अब यो प्रयोग नासपाती लगायत अन्य फल्हारूमा समेत पगरिन थालेको छ ।
चिनियाँ संस्कृतिमा लौकालाई सौभाग्य र समृद्धिसँग जोड्ने गरिएको छ । यिनीहरूलाई विभिन्न चिनियाँ देवीदेवताहरूकोमा भोग पनि लगाइन्छ ।
यतिमात्र होइन चीनमा लौकालाई पवित्र मान्ने गरिएको छ । चीनमा लुकामा चित्रहरू पोतेर राख्ने परम्परा समेत रहिआएको छ र सीले फलाएका लौकाहरूले अब नयाँ परम्परा सुरु गर्न बेर छैन ।
हो, अब यदि चीन जानु भयो र लौका किन्ने विचार गर्नु भयो भने कुन अनुहारको लौका चाहिन्छ भन्न नहिच्किचाउनुस् । कुनै प्रसिद्ध राजनेताको, धर्मगुरुको, देउताको, सिने कलाकारको या कुनै सुन्दरीको सुगठित शरीरको आकारको, सब पाइन्छ १

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्