फोहर किनेर खान बाद्य नबनाउ“



गोविन्द खड्का,
चपाउदा अमिलो भयो । पहिलो गा“समै अश्वाभाविक लागेपछि हामिले मुखामुख ग¥यौ । त्यो ठिक छैन भन्ने संकेत मात्रै थियो । एक पिस मम खाई सकेपछि के भा को यो मम अर्कै पो छ त आपसमा कुरा ग¥यौ ।
दोस्रो मम खान लाग्दा त मुश्किल भयो । म गफ उडाउ“दै खा“दै गर्दा अलि महशुस गरेको थिईन । रचना र डिलाले त हैन यो मम खराब छ । यस्तो म म पनि कसरी खाने भन्न थाल्नुभयो । ए साहुजी यो म म के भा को ? खानै सकिदैन । गन्हाउछ, अमिलो न अमिलो अर्कैछ । छ्या के दिनुभएको एस्तो भनेर सोध्नुभयो । अनि साहु नजिकै आएर बासी भनेर स्विकार्नुभयोे । पिलेटको मम उठाएर लग्नुभयो । गएर कुर्सिमा टुसुकक बस्नुभयो । के खाउ चिसो खाउ“ कि ? के दिउ“ भनेर सोध्न थाल्नुभयो । त्यसले गल्ती लुकाउन घुस खुवाउन लागेको जस्तो महशुस गरायोे ।
तपाईको होटलको हामिले केहि पनि खा“दैनौ । तपाई जस्तो मान्छेले यस्तो पनि खुवाउने हो त ? यसमा उनको केहि पनि जवाफ थिएन । हेर्दा साहु निकै सुधो जस्तो लाग्यो । तर, बा“कि रहेको फाल्नुपर्छ भन्ने सकृयता देखाउनुभएन । मलाई रिस चढ्दै गयो । वडा अध्यक्षहरुलाई फोन गर्न शुरु गरे“ । शुरुमा सम्वन्धित वडा घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डेयलाई भने“ । उहा“ले १४ का अध्यक्ष एवं वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डा“गिलाई भन्नुस म बाहिरछु भन्नुभयो । हजुरले आफै भन्दा ठिक होला भन्ने जवाफ फर्काए“ ।

त्यसपछि १४ का अध्यक्षलाई फोन गरे उहाले घोराही ७ का अध्यक्ष खोपिराम चौधरीलाई फोन गर्नुस भन्नुभयो । खाद्यान्न, वजार व्यवस्थापन, यातायात व्यवस्थापन हेर्ने समितिको संयोजक चौधरी भएको जानकारी दिनुभयो । त्यसपछि लगतै चौधरीलाई पनि फोन गरे“ । उहाले म त गाउ“मा छु के गरौं भन्नुभयो । अनि मलाई उसले उसलाई सिकाउने शैलीमन परीन । सासुले बुहारीलाई अह्राई, बुहारीले कुकुरलाई अह्राई, कुकुरले पुच्छर डोलाई भन्ने उखान सम्झिए“ । जनसरकार प्रति पनि मनै भा“चियो । सोझे मेयर नरुलाल चौधरीलाई फोन गरु कि भन्ने झोंक पनि चल्यो । उहा“ काठमाण्डौ जानुभएको थाहै थियो । गर्नको अर्थ देखिनन । निरास भएर भारी मनले होटल बाट बाहिरीए“ ।
गुनासो सुन्ने अधिकारी नभेटिनु सिष्टम मिलाउन नसकेको कारण थियो । हरेक पालिकाका उपप्रमुख संयोजक रहने अनुगमन समितिको संयोजकमा वडा अध्यक्ष राखेर केहि समय कोचलो भएको भर्खरै हो । अरुका वडा अनुगमन गर्न जाने आफ्नो वडा पनि आफै अनुगमन गर्ने हो त ? यसको जवाफ दिन नसकेपछि संयोजक बाट हटाईयो । त्यसले आफैलाई असहजता ल्यायो होला । यस्तै अर्को निर्णपनि उदेक लाग्दो भएको रहेछ । घोराही सात भनेको बजार बाट टाढैपर्छ । हेर्नुपर्ने घोराही बजार, सयाजक तोकियो सौडियारको वडा अध्यक्षलाई यो पनि व्यवहारीक छैन । खासमा यो निर्णय अध्यक्ष चौधरीले अस्विकार गर्नुपर्ने हो । बरु अरु कुनै समितिको संयोज बने हुन्थ्यो । घोराही १४ वा १५ वडाका बाहेक अरुबाट संभव छैन । यहि समितिकै कारण बजारका वडा अध्यक्षहरु ठुस्किएका छन्, उत्सुकता देखाउदैनन् । संयोजक बजार नजिक बस्दैनन त्यसैले भ्याउदैनन र समस्या आएको छ । त्यसपछि जनताले जनप्रतिनिधि आएपछिको नौलो अनुभुति गर्न सक्दैनन् । जो मलाई पनि अफ्ठेरो महशुस भयो ।

अन्तमा दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डा“गिलाई फोन गरे । अवस्थाको बारेमा जानकारी दिए“, उहा“ त सरकार होईन, व्यवसायीको अभिवावक व्यवसायीको संस्था हो । हामिलाई वासी मम खुवाईएको छ । यसले कुनै बिगार गरेपछि तपाईहरुले जिम्मा लिनुपर्छ सम्म भने । पछि अलि बढि भयो कि ? अनावश्यक धम्कि दिए“कि भन्ने ग्लानी महशुस भयो । आवेशमा आएको बेला मन दुखाएको भए क्षमा चाहान्छु ।
निकै अमिलो मन बनाएर निश्किए“ । हामिले जस्तै अरु को कोले बासी सडेको मम खानेहुन भन्ने पिर लाग्यो । मनमा झन् बढि कुरा खेल्यो । होटल खोतल खातल पार्ने र फाल्ने अधिकारी हामि होईनौ । प्रतिकृया जनाउने र उजुरी गर्ने हो । लिखित गर्न लागे प्रमाण नष्ट हुन्थ्यो । फोन गरेको उसले उसलाई उसले उसलाई भनेर टार्नेकाम भयोे । अलि पर पुगेपछि वाक् वाकि आउला जस्तो भयो । मनमा धेरैपटक कुरा खेलाउदा कमजोर मानसीकता भएर पनि हुन सक्छ । केहि दम्भले पनि अचट्यो, सरसफाइ पत्रकार मन्चको सयोजकले फोहर खुवाएको सहन्छ भने सर्वसाधारणले त के गर्ने ? भन्ने सोच आयो । अलि बढि पेट अमेठ्यो । अमिलो डकार संगै फिंज जस्तै मुखभरी पानी अयो । पसलमा पानी मागेर मुख कुल्ला गरे । पुरा निरास र हतास भए“ । जननिर्वाचितहरु प्रति रिस उठ्यो । त्यसवाहेक तत्काल अरु उपाए थिएन ।
अलिक बेरपछि घोराही १४ का अध्यक्ष डा“गिले फोन गर्नुभयो । हामि आउ“दै छौ । उपमेयर सिता न्यौपाने सिग्द्ययाल पनि आउने कुरा भएको छ । मैले उहालाई भने कम्तीमा प्रहरी लगाएर बासी मम फाल्नुस् ।

उहिले जस्तो भए नगरपालिकाका कर्मचारी गुहार्ने हुन्थ्यो, सोझै प्रहरी बोलाउन सकिन्थ्यो । अहिले त्यसो गर्न मिलेन । तपाईहरुको कुरो बुझ्न नसकिने भयो । कसलाई फोन गर्नुपर्ने हो अलमल परियो । अनि मन मनै सोचें जति वटा समिति बनेपनि पहिलो जिम्मेवारी वडा कार्यालयले लिने व्यवस्था किन नभएको हो ? वडा अध्यक्ष बडा मुश्किलले चिन्ने सर्वसाधारणले संयोजक खोज्दै हिड्नुपर्ने अर्को अफ्ठेरो किन बनाईयो ? नागरीक नेपाल सरकारका कर्मचारीको प्रकृयागत झन्जटले बषौ देखि वाक्क दिक्क भएका छन् । त्यसबाट मुक्त हुन जननिर्वाचित सरकार ल्याएका छन् । त्यसैमा पनि विभिन्न समिति बनाएर अर्को झन्जट बर्षाएर व्यवस्थाप्रति वितृष्णा फैलाउने काम भएको छ । अझ लिखित निवेदन नभए सम्म जनप्रतिनिधिले कामै नगर्ने भन्ने केहि पालिकाको हल्ला सुन्दा अनौठो लागेको छ । सबैकामको सम्वन्धित वडा कार्यालयले जिम्मेवारी लिने र पहल थाल्ने बातावरण नबनाए नागरीकले दुःख पाउने छन् । प्रतिनिधि तिमाल्न अनावश्यक समिति नबनाउन आग्रह गर्दछु ।

केहि बेरमै उपमहानगरपालिकाका प्रबक्ता भरतमणि अर्याल सहित प्रहरीको टिम होटलमा आयो । वडा अध्यक्ष डागि, घोराही १५ का सदस्य दिलिप कुमार डिसी सहितको ठुलै जमात थियो । त्यसबेला सम्म पत्रकार अमरराज आचार्य, सागर थापा, नविन अभिलासी पनि आईसक्नु भएको थियो । सोध पुछ भयो । किन बेच्नुभएको बासी ? होटलवालाले भने मैले गल्ती गरे । ईन्डियामा १५÷१६ वर्ष फुड सेक्युरीटिमा काम गरेको हु । ईन्सान हु कहिले कसो गल्ती भैहाल्छ भन्नुभयो । त्यत्रो बर्ष काम गरेकोले यस्तो वासी किन बेचेको हो त ? प्रहरीले सोधे । किमा कुन फ्रेस हाउस बाट आयो । बनाएको कहिले हो ? सबै कुराको बयान जनप्रतिनिधि र प्रहरी लिए । बयान चित्त बुझ्यो होला वडा कार्यालयमा लगेर सामान्य कागज गरी छोड्ने सहमत भयो । म कार्वाहि गराउने पक्षमा थिईन, खाली बासी मःम खोजेरै फाल्न लगाउने उद्देश्य थियो । त्यो पुरा भयो । साहुजीलाई प्रहरीले लैजान पाएनन् । प्रवक्ता अर्यालले आफ्नै सरकारी गाडिमा बस्न आग्रह गरे । यो सवै गतिविधि सन्चालकका सम्मानका लागि थियो । अबध्र व्यवहार एवं उपद्रो केहि भएको छैन । महसुस गराउनुभन्दा ठुलो नसियत अरु हुदैन ।

यहि विषयमा छिमेकीहरुको चासो बढ्यो । असाध्यै सोझो मान्छे हो । के भयो ? किन गर्नुभयो ? भन्न लागे । अलि अलि बासी त भै हाल्छ । ठुला होटलमा त कति बासी हुन्छ कति ? सानालाई नियम लाग्छ । सोझालाई कानुन लाग्छ । नाना थरीका वचन सुनिन थाले । अनि भेडो दिमाग भएका व्यक्तिहरु भन्न मन लाग्यो । एउटा लाठि राख्दीएर अघिललो लाई उफ्रेर नाघन लगायो भने लाठि तानेपनि बा“कि सबै भेडा उफ्रीन्छन् । त्यहि स्तरको व्यवहार देखाए । साहुजी सोझो भएको सहि हो । उनको व्यवहार मन परेको छ ।

बेसीन सहितको होटलको सुविधालाई पनि प्रशंसा गरेका छौ । तर, बासी मम, सडेको मम खुवाएको साहु आफैले स्विकारेका छन् । त्यसको वारेमा बोल्दा किन पक्षिय बन्ने ? सोर्स फोर्सको जरुरी नै छैन । होटलमा सडेको खानेकुरा किनेर खाने हैसियत क कस्को छ ? ति कराउनेहरुले सडेको खानेकुरा खाए सहन्छन् ? म यहि लेख मार्फत प्रश्न गर्छु । कसको आफन्त हो भन्ने सवाल होईन परिकार किनेर खा“दा जानी जानी सडेगलेको खानुपर्छ भन्ने वाद्यता छैन । उसको पसल चलोस वा ग्राहकको भिड भाड कासाथ बिक्री होस् त्यो संग ग्राहकले सरोकार राख्दैन ।

पैसा हालेपछि खानेचिज मन लागेको हुनुपर्छ । अरुमा दया माया हुन्छ फोहर र सडेगलेको वस्तुमा ममत्व रहदैन । गन्हाउनेमा सडेका वस्तुमा प्यार कसैको छैन । किनेर विष खाईदैन । ठुला होटलमा फोहर हुन्छ भने कुन होटलमा के चिज फोहर र सडेको छ ? त्यो भन्नुपयो । विषय वस्तुलाई वंगयाउन र कसैको नजिक देखिन त्यस्तो गर्नु उचित होईन ।
त्यहि साझै होटल विक्री भएछ । सन्चालक विदेश तिर लागे भन्ने पनि सामाजिक सन्जाल फोसवुक मार्फत खुलाईएको छ । नेपालमै पेशा गर्नुपर्दथ्यो त्यो दुःखको कुरा हो । तर, विदेशमा फुड सेक्युरीटिमा काम गरेको दम्भ पाल्ने यहा सडेको म म बेच्ने त्यो सहन सकिदैन । नेपालीलाई जे पनि खान्छन, जस्तो दिएपनि हुन्छ भन्ने गरीव मानसीकता बाहेक अरु होईन । विदेश श्रमीक भएर फर्केका धेरैको व्यवहार र स्वभाव यस्तै यस्तै देखिन्छ जो सरासर गलत छ । उनले काम गरेको विदेशी होटलमा यस्तै खान दिएको भए सायद जेल वस्नुपर्दथ्यो । हाम्रै आमा बा दाजुभायई दिदि बहिनीको स्वाथ्यमा असर पार्दै छौ बुझेर सच्चिनु पर्नेमा अलि अलि बासी त भै हाल्छ, ठुला होटलमा झन् कति बासी हुन्छ कति ? जस्ता बेतुकका कुरा उठाउनु अपराध हो । आफन्त जोगाउने नाममा ग्राहकलाई फोरह किनेर खान बाद्य बनाउनु अपराध हो । घाटा लाग्छ, विकदैन, कसैले खाईदिन्न भने होटल गर्नैपर्छ भन्ने के जरुरत छ ?
गलतको पक्षमा लागेर छमेकी र आफन्तले दुख मनाउ गर्नुपर्ने केहि जरुरी छैन । बासी मम नदिएको भए आरोप र रिसईवि ठहर्दथ्यो । अनुगमन गर्न उनको होटलमा पुगेको भएपनि केहि आलोचना र आरोप लगाउन सकिन्थ्यो । ग्राहकको रुपमा सफा राम्रो व्यवस्था भएको होटल भनेर खाजा खान छिरेका थियौ । त्यहा फोहर र सडेगलेको परिकार नखानु हाम्रो अधिकार हो । पैसा हालेर कुहिएको मम खानुपर्छ भन्ने तपाईको मान्यता हो भने सडे गलेका खोज्दै र खादै गर्नुस् । हामिलाई फोहर किनेर खान स्विकार्य छैन । मन नपरेका फोहर होटलमा पस्दैनौ । गलत परिकार फाल्न लगाउछौ । सरकारका निकाएलाई दवाव दिन्छौं । संका लागेको, झिगा माखा भन्किएको परिकार दियो भने उजुरी गर्न आग्रह गर्दचौ । गन्हाउने, किरा परेको, खानै नसकिने कुनै स्वादै नभएको परिकार पैसा हालेर किन खाने ? तत्कालीन हटकीचन हाउस एण्ड फेमली रेष्टुरेन्टका सन्चालक गोविन्द प्रसाद कालाथोकीबाट यहि सिकौ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्