यस्ता छन् नेकपाको केन्द्रिय समितीमा पर्ने भाग्यमानी अनुहारहरु



 

आस्था केसी, काठमाडौं ८ जेठ।

नेपाल कम्युनिष्ट पार्टीले केन्द्रिय कमिटीलाई पूर्णता दिएको छ । नेकपा केन्द्रिय कमिटीका महासचिव बिष्णुप्रसाद पौडेलले मंगलवार एक प्रेस बिज्ञप्ती जारी गर्दै आफ्ना ४४१ केन्द्रिय सदस्य र ६ जना स्थायी आमन्त्रित सदस्यको नाम सार्वजनिक गरेका हुन् । विज्ञप्तीमा केन्द्रीय कमिटीका सदस्यहरुको नाम बर्णानुक्रम अनुसार राखिएको छ । तत्काल बरिष्ठता मिलाउन नसकिएकाले बर्णानुक्रम अनुसार नेताहरुको नाम राखिएको हो ।

हिजो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरूको सिफारिसलाई अनुमोदन गरेको थियो ।

४४१ सदस्यीय केन्द्रीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेका तर्फबाट २४१ जना र तत्कालीन माओवादीका तर्फबाट २०० जना छन् । ६ जना आमन्त्रिण केन्द्रीय सदस्यमा अमिक शेरचन, अमृत बोहरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी छन् ।

जेठ ३ गते एकता गर्दा नै नेकपाले ९ सदस्यीय सचिवालय बनाएको थियो । नेपाल सरकारका सबै मन्त्री नेकपाका केन्द्रीय सदस्य बनेका छन् । महाधिवशेनसम्मका लागि भन्दै एमाले र माओवादीले दुई अध्यक्षको व्यवस्था गरेका छन् । प्रधानमन्त्री केपी ओली र प्रचण्ड एकीकृत पार्टीका अध्यक्ष छन् ।

यसबाहेक एकीकृत पार्टीलेसंगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको कमिटीमा नेताहरू देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य छन् ।

नेकपाले १५ दिनमा काम सक्नेगरी सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्व घटकका इन्चार्ज, संयोजक र सहसंयोजक रहेको सुझाव कमिटी बनाउने निर्णय गरेको छ । त्यसैगरी जनबर्गिय संगठनहरु एकताको सुझाव दिन पूर्व घटकको इन्चार्ज र मोर्चा प्रमुख रहेको अर्को कार्यदल बनाउने निर्णय भएको छ ।

यो लिस्टसहित हाल्नुहोला

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्