किसानलाई घरबगैचा र अर्धब्यबसायीक तरकारीका बारेमा जानकारी



सैघाली खबर,
तुलसीपुर ८ जेठ ।

एकिकृत घरबगैचा र अर्धव्याबसायीक तरकारी उत्पादन सम्बन्धी तीन दिने तालिम भएको छ । दाङको ववई गाउँपालिकाका दुई स्थानमा उक्त तालिम भएको हो । दलित सेबा संघ दाङ र बिकास कोष नर्वेको आर्थिक सहयोगमा तालिम भएको हो ।

दाङ र सल्यानमा सञ्चालित बिभेदमा पारिएको समुदायको जिबिकोपार्जन सुधार परियोजना अन्तर्गत दाङको बबइ गाउपालिकाका बिभिन्न स्थानमा एकीकृत घर बगैचा र अर्धव्यावसायीक तरकारी उत्पादन सम्बन्धी तालिम भएका हुन् ।

जेठ ३१ गते देखी दुई गते सम्म घरबगैचा र ३ देखि ५ गते सम्म अर्धब्याबसायिक तरकारी उत्पादन सम्बन्धि तालिम सम्पन्न भएको हो ।

तालिमका करिब एक हजार जनाको सहभागिता रहेको थियो । दलित सेबा संघ दाङका सचिब राम बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सामाजिक परिचालक छवि परियारले गरेका थिए । तालिमको प्रशिक्षकमा कृषि प्राबिधिक राजेश कुवँर रहेका थिए । कार्यक्रममा पन्चकुले कृषि सेबाकेन्द्र प्रमुख दिपेन्द्र धामीको पनि सहभागिता रहेको थियो ।

तालिम पश्चात घरबगैचा र तरकारी उत्पादन सम्बन्धि आबश्यक सामग्री सहयोग गर्ने संस्थाले बताएको छ ।

तालिममा स्थानीय स्तरमै पाईने बस्तुलाई कृषि प्रयोगमा ल्याउन सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिईएको थियो । साथै कृषि एवं मानव स्वास्थ्यमा सुधार ल्याउने र किसानहरुको आर्थिक स्तर सुधारगर्ने कुरामा केन्द्रित रहेको थियो । तालिममा विभिन्न मौसमी एबम बेमौसमी तरकारी खेती, झोलमल, गड्यौले मल, विभिन्न रोग किराको समाधान, थोपा सिँचाइ , बालीपात्रो, निर्माण, बगैचाको नस्काङ्कन पनि गैएको थियो ।

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्