कर्णाली प्रिमियर लिगमा त्रिभुवन आर्मी विजयी ।।



सैघाली खबर/सुर्खेत, ८ जेठ।
कर्णाली प्रिमियर लिगको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । मंगलबार सम्पन्न दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले टिकापुर क्रिकेट क्लबलाई १७६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धा्रित २० ओभरमा २ विकेट गुमाएर २२६ रन बनाएको थियो ।

आर्मी सागर पुनले अविजित १०२ रनको शतकिय रन बनाए । उनले ६३ बलमा ८ चौका र ६ छक्का प्रहार गरे। यस्तै राजेश पुलामी मगरले ४६ रन बनाउन २६ बलमा ३ चौका र ३ वटै छक्का प्रहार गरेका थिए । बिनोद भण्डारीले ३० तथा अनिल मण्डलले २२ रन बनाए । २२७ रनको लक्ष्य पछ्याउने क्रममा टिकापुरले १५ ओभरमा ५० रनको योगफलमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

आर्मीका बलर सुसन भारि र जितेन्द्र मुखियाले समान ३–३ विकेट लिए । राजेश पुलामीले २ विकेट लिए । टिकापुरका प्रकाश रावल र ललित प्याकुरेलले समान १५ रन योगदान दिनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । खेलको प्लेयर अफ द म्याच सागर पुन घोषित भए। मंगलबार नै भएको पहिलो खेलमा महाकाली क्रिकेट क्लबले भेरिगंगा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्