गोविन्द खड्का, घोराही, ८ जेठ। दिउ“सो दुई बजेको मध्य गर्मिमा पानी घुटुघुटु प्यूने र मुख धुने विद्यार्थीको रहर लाग्दो सकृयता देखिन्थ्यो । गोरक्षरत्ननाथ माध्यामिक विद्यालय चौघेरा घोराहीले दुईसाता अघि देखि पानी शुद्धिकरण गर्ने ईलेक्र्टीक फिल्टर सन्चालनमा ल्याएपछि पानी प्युने संगै धाराहरुमा रमाउने बिद्यार्थी बढेका हुन् ।
यस अघि विद्यालयले कक्षा कोठाहरुमा बाल्टी राखेर विद्यार्थीलाई खानेपानीको सुविधा दिएको थियो । नेपाल महिला सामुदायीक सेवाकेन्द्रको पचास हजार आर्थिक सहयोग र विद्यालयको आन्तरीक कोषबाट नया प्रविधि भित्रयाएको हो । त्यसमार्फत फिल्टर गरीएको पानी तिनवटा धारामा छोडिएको छ । एउटा माथिल्लो तलामा र दुईवटा धारा विद्यालय भवनको तल्लो तलामा राखिएको छ । साना ठुला सबै विद्यार्थीको पहु“च हुने गरी व्यवस्था मिलाएपछि सबै खुशि देखिएको विद्यालयको भनाई छ । चौघेरा खानेपानीले वितरण गरेको धाराको पानी जमीन मुनि रहेका १८ हजार लिटरको टंकिमा जम्मा हुन्छ । अपुग हु“दा ट्यांकरबाट पनि पानी बोकाउने गरेको विद्यालयलका प्रधानाध्यापक सेमलाल मल्ले जानकारी दिनुभयो । उहा“का अनुसार त्यो पानी मोटर लाएर दुईतले विद्यालयको छतमा फालिन्छ । त्यहा“ दुई दुई हजार लिटरका दुईवटा र एक हजारका दुईवटा टंकीमा पानी जम्मा गरीन्छ ।
छतबाट एउटा टंकिको पानी भित्तामा टा“सिएको ईलेक्टीक फिल्टरमा पठाईन्छ । त्यहा“ फिल्टरले शुद्धिकरण गरेपछि नजिकै रहेको एकहजार लिटर क्षमताको स्टिल टंकिमा जम्मा हुन्छ । त्यसले पानीलाई चाडै तातो वा चिसो हुनबाट जोगाउछ । खानका लागि उपयुक्त हुनछ । त्यही टंकि मार्फत धाराहरुमा पठाउने व्यवस्था गरिएको छ । शौचालयहरुमा जाने पानी भने छतका टंकि मार्फत सोझै पठाउने व्यवस्था मिलाईएको विद्यालयका प्रधानाध्यापक मल्लले जानकारी दिनुभयो । लामो समयपछि सुरक्षित पानी खुवाउन पाएको भन्दै खुशि व्यक्त गर्नुभयो ।
बच्चाहरुलाई खानेजति खाउ, चाहिएको कक्षामा लैजाउ तर, खेर नफाल है भन्दै प्रअ मल्लले अहई रहनुभएको थियो । बच्चाहरु भने सकि नसकी पानी प्युनमै कस्सीएका देखिन्थे । जग भरी भरी भर्दै र पालो पालो रित्तयाउदै गर्थे । ‘यो पानी खाएर घरको पानी मिठो हुन छोड्यो’ प्रअ मल्लले भन्नुभयो, ‘विद्यार्थीलाई घर बाट बोतल ल्याउ भरेर लैजाउ भनेका छौ“ ।’ उहाका अनुसार घर बाट रित्ता बोतल ल्याएका विद्यार्थीले भरेर लैजाने गरेका छन् । आफुले पनि मोटाउने पानी नाम दिएको बताउनुभयो । ‘पानी मिठो हुन्छ । धेरै खाईन्छ’ मल्लले थप्नुभयो ‘त्यसले स्वस्थ बनाउछ र मोटाईन्छ ।’ उहाका अनुसार विद्यालयमा झण्डै नौसय विद्यार्थी र ३८ शिक्षक कर्मचारी हुनुहुन्छ । त्यसवाहेक अभिवावक र अतिथिको आउने जाने क्रम चलिरहन्छ । फिल्टर गरीएको सुरक्षित पानी खानलाई सबैकालागि प्रशस्त भएको विद्यालयले जनाएको छ ।