प्रहरीले जब गोरेलाई मोरङ पठाँयो (फोटो फिचर)



सैघाली खबर, काठमाण्डौँ, ८ जेठ।
चर्चित ३३ किलो सुनकाण्डका प्रमुख आरोपी चुडामणि उप्रेती ‘गोरे’ लाई जिल्ला अदालत मोरङमा पेस गर्नका लागि मोरङ लगिएको समयमा सर्वसाधारणको भिड नै देखियो ।

 

मंगलबार नै उनलाई प्रहरीको विशेष अनुसन्धान टोलीले काठमाडौंको गौरीघाटबाट पक्राउ गरेर सार्वजनिक गरेको थियो । उनलाई जिल्ला अदालत मोरङमा हाजिर गराउनुअघि कडा सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको थियो ।

यतिबेला जिल्ला अदालत मोरङमा कडा सुरक्षा व्यवस्था गरिएको थियो भने गोरेलाई हेर्नका लागि सर्वसाधारणको भीड पनि उत्तिकै लागेको थियो ।


पछिल्ला दिनमा अति नै चर्चामा रहेका गोरेका बारेमा जान्न र उनलाई हेर्न सर्वसाधारणको भीड लागेको हो । यसअघि गोरेसहित मुद्दा चलाइएका ६३ जनाको थुनछेक बहस सकिएको थियो ।

बहस सकेर आदेश लेखिसकिएकोले गोरेलाई मंगलबार हाजिर गराउने र आदेशका लागि बुधबार देखि थुनछेक बहस हुृने जनाइएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्