सभामुख र संविधान सभा सदस्य मञ्चको टोलीबीच भेट



काठमाडौं, ८ जेठ । सभामुख कृष्णबहादुर महरासँग संविधान सभा सदस्य मञ्च नेपालका पदाधिकारीहरुले भेटवार्ता गरेका छन् ।
मञ्चका संयोजक संविधान सभा सदस्य अनन्तप्रसाद पौडेलको नेतृत्वमा आएको टोलीले संसद सचिवालय सिंहदरबारमा सभामुख महरासँग भेटवार्ता गरेको हो ।
भेटमा सभामुख महरालाई मञ्चका संयोजक पौडेलले नयाँ संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संविधान सभा सदस्यहरु रहेको संविधान सभा सदस्य मञ्च नेपाल गठन गरिएको जानकारी गराउनुभएको थियो ।


अहिले संविधान सभाका बारेमा सबै जानकार छन् तर ५० वर्षपछि संविधान सभा भनेको के रहेछ भन्ने स्थिति आउँछ’ संयोजक पौडेलले भन्नुभयो, ‘नेपालमा संविधान कसरी बनेको थियो भन्ने इतिहास जोगाउन पनि यस्तो मञ्च आवश्यक देखियो ।

मञ्चका लागि सिंहदरबार परिसरमा कार्यालय स्थापना गर्न कोठा र आवश्यक कर्मचारीहरु उपलब्ध गराइदिन सभामुखलाई पौडेलले आग्रह गर्नुभयो ।
सो अवसरमा सभामुख महराले संविधान सभा सदस्य मञ्च नेपाल गठन गरेकोमा सबै संविधान सभा सदस्यहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो । संविधान सभाको ऐतिहासिक महत्व र गरिमालाई बुझेर यसको इतिहास जोगाउने पहल गरेकोमा मञ्च गठनको नेतृत्व गर्ने सभासद्हरु बधाईका पात्र भएको बताउनुभयो । उहाँले आफ्नो तर्फबाट मञ्चलाई भरपूर सहयोग हुनेसमेत बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्