गोरेको आत्मसमर्पण की पक्राउ



 

 

काठमाण्डौ ८ जेठ । ३३ किलो सुन तस्करीका मुख्य योजनाकार तथा सनम हत्याकाण्डका मुख्य अभियुक्त चुँडामणि उप्रेती (गोरे) ले आत्मसमर्पण गर्न चाहेको रहस्य खुलेकोथियो ।उनले गत ३ जेठमा मानव अधिकार संगठनका महासचिव केपी सुवेदीलाई पत्र लेखी आत्मसमर्पणका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए । घटना क्रम हेर्दा गोरेले प्रहरी समक्ष आत्मसमर्पण गरेको जस्तो देखिन्छ । प्रहरीले खोज्दा नभेटिएका गोरे एका एक –मंगलवार प्रहरीको टोलीले बिहान ५ः३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ परेको घटनाले नयाँ मोड लिन नसक्ला भन्न सकिन्न ।

 

३३ किलो सुन प्रकरणमा आफूलाई मात्र आरोप लगार्इ विभिन्न व्यक्तिले ज्यान मार्ने सम्मको घटना गराइरहेको भन्दै गोरेले सुवेदीलार्इ लेखेको पत्रमा आफ्ना कुरा न्यायालयमा राख्न वा आफूसँग भएका सबै प्रमाण अदालत वा छानविन समितिमा पेश गर्न पाउने वातावरण चाहेको उल्लेख गरेका छन् ।

‘हाल नेपालमा चर्चामा रहेको ३३ किलो सुन प्रकरणमा मलार्इ मात्र दोषी देखार्इ विभिन्न पक्ष व्यक्तिहरूले मेरो ज्यान लिनेसम्मको घटना घटार्इ अनुसन्धानमा रहेको विषयमा आफ्ना कुरा राख्नसमेत बञ्चित गराउने र दोषजति सबै मेरो थाप्लोमा राख्ने देखिएकोले म आफ्नो राय राख्न तथा मसँग भएका प्रमाणहरू सम्बन्धित अदालत वा छानविन समितिसमक्ष राख्न चाहन्छु, पत्रमा उनले लेखेका छन् ।गोरेले यस सम्बन्धमा आफूसँग भएका विषय राख्ने वातावरण राख्न सुरक्षित रूपमा न्यायालय पुग्ने व्यवस्था मिलाइदिनसमेत मानव अधिकार संगठनलाई अनुरोध गरेको देखिन्छ ।

गोरेले जीवन रक्षाका लागि आत्मसमर्पण गर्न चाहेको देखिन्छ । उनले लेखेका छन्, ‘यसबीचमा यसै घटनासँग सम्बन्धित हुन सक्ने तीनजनाकोसमेत हत्या वा मृत्यु भइसकेको समेत थाहा पाएको हुँदा मेरो पनि जीवन खतरापूर्ण रहेको देखिन्छ ।’गोरेलाई आज बिहान पक्राउ गरी अनुसन्धान टोलीले दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्