क्यान्सर पीडितलाई बचाई दिन आग्रह



दाङ,८ जेठ ।   घोराही उपमहानगरपालिका–७ पर्साकी भगवती घर्ती मगरले क्यान्सर पीडित छोरीलाई बचाई दिन आग्रह गर्नुभएको छ । भगवतीले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरी आफ्नी १५ वर्षिया छोरी नारायणी घर्ती मगरलाई बचाई दिन आग्रह गर्नुभएको हो ।

आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै भगवतीले क्यान्सर पीडित छोरीको उपचारका लागि सहयोग गरिदिन सबैमा आग्रह गर्नुभयो । घोराही–१५ स्थित हिन्द्र विद्यापीठको कक्षा ८ मा अध्ययनरत नारायणी विगत १ महिनादेखि क्यान्सरबाट पीडित हुँदै आउनुभएको छ ।
देब्रे हातको पाखुरामा क्यान्सर भएकी नारायणीको क्यान्सर अस्पताल चितवनमा उपचार हुँदै आइरहेको छ ।

डाक्टरले उपचारका लागि ४ लाख खर्च लाग्ने बताएको भन्दै भगवतीले आफूसँग छोरीको उपचार गर्ने पैँसा नभएको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै भगवतीले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर हुँदा छोरीको उपचार गर्न समस्या आएको छ । डाक्टरले ४ लाख खर्च हुन्छ भनेका छन् । काँ बाट ल्याउने होला त्यत्रो पैँसा समस्यामा परेका छौं । सहयोगका लागि अनुरोध गर्दछु ।’

नारायणीको उपचारमा सहयोग गर्न चाहनेहरुले उहाँकी आमा भगवती घर्ती मगरको ९८०९८०००३८, ९८४७९१५८०१ मोवाइल नम्वरमा सम्पर्क गर्न सकिने छ । त्यस्तै वैंक अफ काठमाडौंमा भगवती घर्ती मगरको ०५१८००००१६४८ खातानम्वरमा जम्मा गर्न पनि सकिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । साथै विदेशबाट सहयोग गर्न चाहनेहरुले BOKLNEKA मा जम्मा गर्न सकिने छ ।

पत्रकार सम्मेलनमै नगद सहयोग 
यसैबीच पत्रकार सम्मेलनमै क्यान्सरपीडित नारायणीको उपचारका लागि सहयोग हस्तान्तरण गरिएको छ । घोराही–१६ का अध्यक्ष लछिनप्रसाद घर्ती मगरले ५ हजार, वडानम्वर–१५ का अध्यक्ष रमेश पाण्डेले २ हजार र युवा व्यवसायी लेखराज डिसीले ५ हजार क्यान्सरपीडित बालिका नारायणीलाई हस्तान्तरण गर्नुभएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्