राप्रपाले खाता खोल्यो, बैतडीमा प्यानलसहित विजयी



बैतडी, १५ असार । पञ्चेश्वर गाउँपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी समूहसहित विजयी भएको छ ।

पञ्चेश्वर– ६ को वडाध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका इन्द्र भण्डारीले १८४ मत प्राप्त गर्नुभयो ।

महिला सदस्यमा सरस्वती पन्त भण्डारी, दलित महिला सदस्यमा शकुन्तला औजी, खुला सदस्यमा गोविन्दसिंह भण्डारी र कृष्णसिंह भण्डारी मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यस्तै दशरथचन्द नगरपालिकामा राप्रपाले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार २०० मत गनिसक्दा नगरप्रमुखमा राप्रपाका पुष्करराज जोशी ‘लख्खाभाइ’ले ८८, नेपाली काँग्रेसका नरेन्द्रसिंह थापाले ५१, नेकपा ९एमाले०का देवदत्त भट्टले ३३ र नेकपा ९माओवादी केन्द्र०का खिमानन्द भट्टले १० मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाकी अम्बिकादेवी भण्डारीले ६४, काँग्रेसकी मीना चन्दले ५८, एमालेकी सरस्वती नेपालीले २४ र माओवादी केन्द्रकी कमला कार्कीले १२ मत प्राप्त गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्