गाइ काटेको आरोपमा तीनजना विरुद्ध मुद्दा दर्ता



वालिङ ९ जेठ
स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने तीन जनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ ।

वडा प्रहरी कार्यालय, वालिङका अनुसार चापाकोट नगरपालिका–३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको हो ।

स्थानीयले दिएको सूचनाका आधारमा गाई काट्दै गरेको अवस्थामा मासु सहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मंगलबार जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।

प्रहरीका अनुसार मुलुकी ऐन—२०२० को गौवध महल अनुसार १२ वर्षसम्म जेल सजाय हुनसक्ने कानूनी प्रावधान रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्