म्याग्दीको रघुगंगामा सडक पुग्यो, जनतामा खुशियाली



बाबियाचौर, म्याग्दी, ९ जेठ

म्याग्दीको रघुगंगा गाउँपालिका–८, मंगलेखानी गाउँ सडक सञ्जालमा जोडिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा ७ नम्बर वडा नकलडाँडादेखि साडे तीन किलोमिटर सडक विस्तार गरेर मंगलेमा सडक पु¥याइएको हो । सो सडक निमार्णबाट सडकबाट करीब १०० घरधुरी लाभान्वित भएका वडाध्यक्ष गमान छन्त्यालले बताए।

उनका अनुसार गाउँपालिकाको रु आठ लाख अनुदान सहयोगमा सडक निर्माण भएको हो । सडकमा जिप, ट्र्याक्टर, मोटरसाइकल चल्न थालेपछि आवतजावत, निर्माण तथा दैनिक उपभोग्य सामग्री र खाद्यान्न ढुवानीका साथै स्थानीय कृषि उपज निकासी गर्न सहज भएको छ ।

सडकको मंगलबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गरे । अध्यक्ष भण्डारी, उपाध्यक्ष कमला तिलीजा, वडाध्यक्ष छन्त्याल, चिमखोलाका वडाध्यक्ष दुर्गा पुनले भौगोलिक रुपमा विकट रघुगंगावासीको सुविधाका लागि सडक योजनालाई प्राथमिकता दिएको कुरामा जोड दिए।

भौगोलिकरुपमा विकट गाउँमा सडक पुगेको खुशियालीमा स्थानीयवासीले नाँचगान गरेर खुशियाली मनाएका छन् । सडक बनेपछि एक घण्टाको पैदलयात्रा २० मिनेटमा छोटिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्