चर्को दवादपछि भारतले हटायो विराटनगरको फिल्ड कार्यालय



विराटनगर
विराटनगर महानगरपालिका १३ स्थित थापानिवास टोलमा भारतले १० वर्षदेखि अवैध रूपमा सञ्चालन गरिरहेको फिल्ड कार्यालय हटाउने निर्णय गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

कोसीमा बाढी आएपछि व्यापारिक समस्या हल गर्न भन्दै खोलेको कार्यालय हटाउन यसअघि नेपालले पटकपटक गरेको आग्रह भारतले बेवास्ता गर्दै आएको थियो । कोशीको बाढी नियन्त्रणको नाममा नेपाल विरुद्ध जाशुसी गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी त सो कार्यालय खारेज गर्न माग गर्दै आन्दोलन गर्दै आएको थियो । केही समय अगाडी सो कार्यालयमा बम समेत प्रहार भएको थियो ।

भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा कार्यालय हटाउने निर्णय भएको जनाएको छ । उद्देश्य पूरा भइसकेकाले कार्यालय हटाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार भारतीय प्रधामन्त्री मोदीले २८ र २९ वैशाखमा नेपालको भ्रमण गरिसकेपछि फिल्ड कार्यालयको उद्देश्य पूरा भइसकेकाले हटाउन निर्देशन दिएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्