????????????????????????????????????

प्रदेश २

चर्को दवादपछि भारतले हटायो विराटनगरको फिल्ड कार्यालय

By थाहा अनलाइन

May 23, 2018

विराटनगर विराटनगर महानगरपालिका १३ स्थित थापानिवास टोलमा भारतले १० वर्षदेखि अवैध रूपमा सञ्चालन गरिरहेको फिल्ड कार्यालय हटाउने निर्णय गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

कोसीमा बाढी आएपछि व्यापारिक समस्या हल गर्न भन्दै खोलेको कार्यालय हटाउन यसअघि नेपालले पटकपटक गरेको आग्रह भारतले बेवास्ता गर्दै आएको थियो । कोशीको बाढी नियन्त्रणको नाममा नेपाल विरुद्ध जाशुसी गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी त सो कार्यालय खारेज गर्न माग गर्दै आन्दोलन गर्दै आएको थियो । केही समय अगाडी सो कार्यालयमा बम समेत प्रहार भएको थियो ।

भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा कार्यालय हटाउने निर्णय भएको जनाएको छ । उद्देश्य पूरा भइसकेकाले कार्यालय हटाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार भारतीय प्रधामन्त्री मोदीले २८ र २९ वैशाखमा नेपालको भ्रमण गरिसकेपछि फिल्ड कार्यालयको उद्देश्य पूरा भइसकेकाले हटाउन निर्देशन दिएका थिए ।