लमही नगरपालिकाको मतगणनाको कार्य शुरु



असार १५
लमही नगरपालिकाको मतगणनाको कार्य शुरु भएको छ । बिहान सात बजे देखि मत गणना गर्ने भनिएता पनि सबैदलका प्रतिनिधिहरु क्ेहि ढिलो गरि जुट्नुको साथै मतगणना आचार सहिताको छलफल केहि लामो भएका कारण ढिलो गरि मतगणनाको कार्य शुरु गरिएको लमही नगरपालिकाका सुचना अधिकृत ललित बहादुर थापाले जानकारी दिनुभएको छ । लमही नगरपालिकाको १ र २ वडाको मतपत्र मिलाउने काम सकिए पछि वडा नम्बर २मा मतदाता सख्या थोरै भएकोले गण्ना कार्य वडा नम्बर २बाट शुरु गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्