उखुको पैसा निपाएपछि किसानले गरे चीनि मिलमा तालाबन्दी



महोत्तरी
उखुको पैसा नदिएपछि महोत्तरीको रामनगर स्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्टस्ट्रिज लिमिटेड किसानले तीन दिनदेखि ताला बन्दी गरेका छन् ।
उधारो उखुको पैसा भुक्तानी नदिएको भन्दै उद्योगमा ताला लगाएका हुन् । आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ ।

ताला खुलाउन मिल प्रशासनले अहिलेसम्म कुनै चासो नदिएको र छलफल गर्नुको साटो सम्पर्क बाहिर बस्न थालेको आन्दोलनरत किसानको आरोप छ ।

चीनी मिलमा उखु बिक्री गरी महिनौंदेखि भुक्तानी पर्खिरहेका महोत्तरी, धनुषा, सर्लाही र रौतहट जिल्लाका २५ हजार भन्दा बढी उखु किसानले मिल प्रशासनले भुक्तानीमा चासो नदिएको भन्दै ताला लगाएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्