मुख्य समाचार

उखुको पैसा निपाएपछि किसानले गरे चीनि मिलमा तालाबन्दी

By थाहा अनलाइन

May 23, 2018

महोत्तरी उखुको पैसा नदिएपछि महोत्तरीको रामनगर स्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्टस्ट्रिज लिमिटेड किसानले तीन दिनदेखि ताला बन्दी गरेका छन् । उधारो उखुको पैसा भुक्तानी नदिएको भन्दै उद्योगमा ताला लगाएका हुन् । आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ ।

ताला खुलाउन मिल प्रशासनले अहिलेसम्म कुनै चासो नदिएको र छलफल गर्नुको साटो सम्पर्क बाहिर बस्न थालेको आन्दोलनरत किसानको आरोप छ ।

चीनी मिलमा उखु बिक्री गरी महिनौंदेखि भुक्तानी पर्खिरहेका महोत्तरी, धनुषा, सर्लाही र रौतहट जिल्लाका २५ हजार भन्दा बढी उखु किसानले मिल प्रशासनले भुक्तानीमा चासो नदिएको भन्दै ताला लगाएका हुन् ।