शिक्षाका अधिकार सम्बन्धि जानकारी दिदै सीड



सैघाली खबर,
तुलसीपुर ९ जेठ ।

दाङको साबिक बाघमारे, धनौरी र गोल्टाकुरी गाबिसमा बिद्यालय शिक्षाको अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ । समाजमा वातावरणीय शिक्षाको विकास ( सीड) तुलसीपुरको आयोजना तथा आईएम नेपालको सहकार्यमा कार्यक्रम भएको हो । ग्रामिण क्षेत्रका बिद्यालयलाई शिक्षाका अधिकारका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सीडका निर्देशक भागिराम चौधरीले बताए । शिक्षामा गुणस्तर बृद्धि गर्न अधिकारको बारेमा जानकार हुनुपर्ने उनको भनाई थियो । सोही अनुसार सीडले अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको उनले बताए । साथै नेपालको संबिधानमा शिक्षा सम्बन्धी उल्लेख गरेका कुराहरुको बारेमा जानकारी समेत गराईएको थियो । साबिक बाघमारेका १२, धनौरीका ८ वटा बिद्यालयलाई लक्षित गरि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

धनौरीको माबि तुलसीपुर र बाघमारेको माबि सिमसुन्दरपुरमा कार्यक्रम भएको हो । त्यस अबशरमा बिभिन्न बिद्यालयमा गठित बाल क्लबका प्रतिनिधि, बिद्यालयका प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समितिका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । त्यस अबशरमा सिडका निर्देशक भागिराम चौधरी र कार्यक्रम संयोजक माधबराज चौधरीले प्रशिक्षण दिएका थिए ।

माबि सिमसुन्दरका प्रधानाध्यापक श्याम राईमाझिको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अबसरमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षको तर्फबाट हरिभक्त केसी, बालक्लबका प्रतिनिधि प्रकाश वली, प्रधानाध्यापकको तर्फबाट आपेन्द्र केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । सीडका निर्देशक भागिराम चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सीडका कार्यक्रम अधिकृत निर्मला महताराले गरेकी थिईन् । साथै कार्यक्रममा सीडका सामाजिक परिचालक शारदा बस्नेत,रिफ्लेक्ट सहजकर्ता कल्पना खड्कालगायतको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्