मन्त्री बिष्टको निर्णयले सर्वसाधारणलाई सास्ती, मेडीकल बन्द हूदा मलेसीया जाने नेपाली अलपत्र ।।



सैघाली खबर/काठमाण्डौँ, ९ जेठ।
बैदेशिक रोजगारीकालागि मलेसियालाई गन्तब्य बनाउनेहरु यतिबेला ठूलै दूविधा र अन्यौलमा छन् । सामान्यतः कुनै पनि विषयमा निर्णयमा पुग्नु अघि त्यसका प्रभावहरुको गहिरोसँग अध्ययन गर्नु मानवीय गुण हो । अनि कुनै पनि निर्णयको कार्यान्वयनमा आवश्यक प्रक्रिया पुरा गर्नु पनि उत्तिकै जरुरी हुन्छ । सामान्य मानिसको सन्दर्भमा लागु हुने यो विषयमा श्रम मन्त्री गोकर्ण विष्टले भने विचार नपुर्याएको पाइएको छ । उनले पहिले नै कूटनीतिक पहल गरेको भए मलेसिया जाने प्रक्रियामा रहेकाहरुले सास्ती ब्यहोर्नु पर्दैनथ्यो ।

मन्त्रीले आवश्यक तयारी बिना नै निर्णय गरेपछि कारण मुखिया जस्ता मलेसिया जान चाहनेहरु प्रभावित बनेको् पाइएको छ । सबै प्रक्रिया सकिसकेकाहरुको हकमा त समस्या भएको छैन । तर मलेसियामा जाने प्रक्रियामा रहेकाहरुको हकमा मन्त्री विष्टले तत्काल निर्णय गनुपर्ने देखिएको छ । नेपालस्थित मलेसियाली राजदूतावासले भिषा प्रोसेसिङ गर्ने वान स्टप सेन्टर (ओएससी) र भिएलएनको कार्य नरोक्न सूचना जारी गरिसकेको अवस्थामा समेत मन्त्री विष्टले कुनै पनि तहमा कुटनीतिक छलफल समेत नथालेको बुझिएको छ ।

कुनै लिखित कागजात समेत नदिई कारण समेत नखुलाएर मन्त्रीले निर्णय लिएपछि बैदेशिक रोजगारको क्षेत्रमा अन्यौलको अवस्था बनेको छ । मलेसियामा जाने नेपालीहरुसँग लिइने अतिरिक्त शुल्क घटाउनने मन्त्रीको उद्देश्य हो भने त्यसलाई उचित मान्नुपर्छ । तर कुनै किसिमको कुटनीतिक संवाद नगरेर निर्णय लिइएपछि त्यसको सिधा मार मलेसियामा रोजगारीमा जाने प्रक्रियामा रहेका नेपालीहरुलाई परेको हो । दूतावासले विज्ञप्ती जारी गर्दै भिसा प्रोसेसिङ गर्ने ओएससी र भिएलएनको काम सुचारु राख्नु भनेको अवस्थामा मन्त्रीबाट अर्को विकल्प समेत प्रस्तुत भएको छैन ।

दूतावासले यसअघि नै मलेसिया जाने पर्यटकको सोसियल भिसा वान स्टप सेन्टर र भिएलएनबाटै प्रदान गरिने भएकाले कुनै पनि हालतमा नरोक्न भनिसकेको छ । नेपालमा अधिकांश म्यानपावर कम्पनीहरुले मलेसियामा कामदार पठाउने गर्छन् । ‘मन्त्री ज्यूको कदम उचित हुनसक्ला तर हामी ७० प्रतिशत ब्यवसायी जसले मलेसियामा नेपाली कामदार पठाइरहेका थियौ, रोजिरोटी नै गुम्ने अवस्था बन्यो, यसको संवोधन गरिदिए हुने ’ एक म्यानपावर ब्यवसायीले भने ।

बैदेशिक रोजगारको क्षेत्रमा अध्ययन गरेकाहरुले स्पष्ट आधार बिना, विकल्प तयार नगरी निर्णय गरिँदा त्यसले बैदेशिक रोजगारीमा मलेसिया जान चाहनेहरुलाई ठूलो मर्का परिरहेकोतर्फ मन्त्रालयले तत्काल ध्यान दिनुपर्ने वताए । मलेसिया र नेपाल सरकारबाट निर्धा्रित सबै प्रक्रिया पुरा गरी काम गरिरहेका संस्थाहरुलाई बिकल्प तयार नगरी बन्द गरिनुलाई मलेसिया सरकारले समेत गम्भीर रुपमा लिनसक्ने उनीहरुको भनाई छ । सामान्यतः कुनै पनि विषयमा दूतावासले दिने दृष्टिकोण भनेको सरकारकै हुने गर्छ । यस्तोमा दूतावासले मलेसिया जाने पर्यटकको सोसियल भिसा वान स्टप सेन्टर र भिएलएनबाटै प्रदान गरिने भएकाले त्यसलाई नरोक्न भनिसकेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्