समाचार

कुसुन्डा महिलालाई गुडिया

By थाहा अनलाइन

May 23, 2018

गोविन्द खड्का, घोराही, ९ जेष्ठ। लोपोन्मुख कुसुन्डा महिलाहरुको उत्थान कार्यक्रम अन्तर्गत घोराहीका एक महिने सिप विकास तालिम शुरु भएको छ । कुसुन्डा महिला विकास समाजले सन्चालन गर्ने तालिममा डल तथा गुडिया सम्वन्धी सिप सिकाईने बताइएको छ । तालिम घोराही १४ जनचेतना टोलमा सन्चालीत छ ।

घोराही उपमहानगरपालिकाको सहयोगमा तालिम सन्चालन गरीएको कमला कुसुनडाले जानकारी दिनुभयो । सपना बुढा प्रशिक्षक रहेको तालिममा दश जना महिलाको सहभागिता रहेको छ । सिप सिकाई स्वरोजगार बनाउने लक्ष्य रहेको कुसुन्डाका अगुवा धनबहादुर कुसुन्डाले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिकाका सदस्य समेत रहनुभएका कुसुन्डाले लगानी सदुपयोग हुने बताउनुभयो । प्रशिक्षक क्षमतावान र प्रशिक्षार्थी सिप सीक्न उत्सुक देखिएको कुसुन्डाको भनाई छ । एक महिने तालिम पछि आफैले व्यवसाय चलाउने सिप आर्जन गर्ने बताइएको छ ।