सार्वजनिक भयो अभिनेत्री नम्रताको नयाँ लुक्स ।। (भिडियो)



सैघाली खबर/काठमाण्डौँ, ९ जेठ।
अभिनेत्री नम्रता श्रेष्ठको नयाँ लुक्स बाहिरिएको छ । राजधानीमा गरिएको पत्रकार सम्मेलनमा नम्रता बिल्कुलै भिन्न लुक्समा देखिएकि हुन् । उक्त कार्यक्रममा नम्रता चलचित्रको क्यारेक्टरमा प्रस्तुत भएकी थिइन् ।

छोटो कपाल र पातलो शरीरमा उनि फिट देखिएकी थिइन् । चलचित्रको लागि नै भनेर नम्रताले केश पनि काटेकी छिन् ।नम्राताको मुख्य भूमिकामा रहेको चलचित्र ‘जायरा’ मा नम्रतालाई नयाँ भुमिकामा देख्न सकिनेछ ।

महिला केन्द्रित स्पोर्ट्स जनराको चलचित्रमा उनको साथमा अनुपविक्रम शाही मुख्य भूमिकामा रहेका छन् । ट्रेन्डसेटर्सस हाइली हाइ प्रोडक्सनको संयुक्त प्रस्तुतीमा निर्माण भएको ‘जायरा’ रेमनदास श्रेष्ठ, सृजना रेग्मी, प्रमोद अग्रहरी, सम्राट मगर र सुजता श्रेष्ठको पनि अभिनय छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्