किन लेखे मेनपावर ब्यवसायले श्रम तथा रोजगार मन्त्रीलाई खुल्ला पत्र



सैघाली खबर, यादब सैघाली

काठमाण्डौ  ९ जेठ।

 

आदरनिय माननिय श्रम मन्त्री श्री गोकर्न बिस्ट ज्यु ,
नेपाल सरकार को श्रम तथा रोजगार मन्त्री र भर्खरै गठन भएको ने क ।पा। पार्टिको केन्द्रिय सदस्य बन्नु भएकोमा कार्यकाल सफलताको शुभकामना१

म तपाइकै मन्त्रालय अन्तर्गत बैदेशिक रोजगार बिभाग बाट इजाजत लिइ बेरोजगार युवालाई सकी नसकी राम्रो(नराम्रो काममा धकेल्ने कार्यमा बिगत ८ बर्ष देखी कृयाशिल छु ।

अझै स्पस्ट भन्नु पर्दा म भुतपूर्व माओबादी कार्यकर्ता हुँदै हाल सालै गठन भएको ने।क ।पा। मा जबर जस्त बनाइएको पार्टी सदस्य पनि हु १
सानै उमेरमा जनयुद्द्मा होमिएपछी हामिमा देश परिवर्तन बाहेक कुनै स्वार्थ थिएन । बसिरहेको घर , इस्ट्मित्र(साथिभाइ सबै त्याग्दै मृत्यु या मुक्तिको कसम खाइ हिंड्ने इमान्दार मध्यको एक म पनि थिए १राजनितिका अनेकन मोड जस्तै मैले मेरो भुमिगत राजनैतिक यात्रालाई बिट मार्दै ६२ चैत्रमा मुग्लानी हुने बाध्यता आइपर्‍यो ।द्वन्दको रस्सा कस्सिमा बिदेश जानेको लवा लस्करमा म पनि समाहित भए । बिदेश , कसरी जान्छन कसरी पठाइन्छ बिदेश कस्तो हुन्छ मैले राम्ररी बुझेको छु ।गाउमै राहदानी बुझाइयो ,के काम भनियो, के काममा परियो भन्ने बारे बिस्तृत नै गर्ने हो भने यो मेरो चिठ्टी नभै सस्मरण हुने छ १अत मन्त्री ज्यु खासमा म यो क्षेत्रबारे भएका केहि समस्या र समाधान बारे यही पत्र मार्फत हजुर लाई सुझाब दिन चहान्छु १

हुन त तपाइको क्षेत्राधिकार धेरै छ, तर पनि श्रम मन्त्रालय भन्ने बित्तिकै बैदेशिक रोजगारीको बारे मात्रै धेरै चर्चा छ १ बैदेशिक रोजगारिमा जाने चलन हाम्रो लागी नौलो होइन१ यो करिब २०० बर्ष पहिले देखी नै तत्कालिन भारतको लाहोर जाने प्रकृयाबाटै सुरु भएको यहाँलाई ज्ञात नै होला । तर पनि यसलाई राज्यको निकाए बाटै ब्यबस्थित गरी पठाउने परिपाटिको सुरुवात २०४१(४२ तिर बाट मात्रै सुरु भएको देखिन्छ । अझ यस्को उत्कृस्ट समय ५२ पछी हाल सम्म लाई मान्न सकिन्छ । बिदेश किन जान्छन, किन पठाइन्छ भन्दा पनि कसरी पठाइन्छ र यसमा राज्य र ब्यबशायिको भूमिका के कस्तो हुनु पर्छ भन्ने बारे म मेरो बिचार राख्न चहान्छु मन्त्री ज्यु १
सर्बप्रथम त हाल सम्म बैदेशिक रोजागारिको लागी जुन(जुन मुलुक हरुमा नेपाली हरुलाई पठाइन्छ ति सबै देशबाट भिजा र रोजगार भित्र्याउने काम सरकार ले भन्दा स्वयम ब्यबसायिले नै गरेको,गर्दै आएको देखिन्छ । कोरिया बाहेक अन्य कुनै पनि देशमा जिटु जि रोजगारिमा पठाउने गरिएको छैन १ यसकारण यो बेदिशिक रोजागारी मार्फत नेपाली लाई रोजगारी प्रदान गर्नेकुरामा र सो बैदेशिक रोजगारिले नै नेपालको ६५५ जनसन्ख्या लाभान्नित भइरहेको, सोही रेमिट्यान्सले हालको आर्थीक धानिरहेको अवस्थामा श्रम मन्त्रालय बाट मान्यता लिइ ब्यबसाय गरी रहेका ब्यबसायिलाई केबल गलत मात्रै नभइ एक सकारात्मक दृस्टिकोनले हेरिनु पर्छ भन्ने मेरो मन्त्री ज्यु लाई अनुरोध छ १

मन्त्री ज्यु १ बैदेशिक रोजागारिमा जाने कामदार हरुले केबल मेनपावर को तर्फ बाट नभै त्यो पनि बढी सरकारका बिभिन्न खाले अब्यबहारिक निती र नियमका कारण दुख खेप्नु परेको छ । सरकारले बनाउने कुनै पनि निती नियम उक्त क्षेत्रमा सङ्लग्न ब्यबासायी , सेवाग्राहिको आपशी अन्तर्कृयाबाट निर्मान गर्दा मात्रै ब्यबहारिक हुन जान्छ १ बैदेशिक रोजगारिमा जानेहरुलाई रोक्न राज्यले कडा नियम बनाएर मात्र पुग्दैन ।उनिहरुलाई बैकल्पिक रोजगारिको ब्यबस्था स्वदेश मै ज्ञारेन्टी हुनु पर्दछ्१ हाल लागु गरिएको फ्री भिजा फ्री टिकेटको नियम अत्यन्तै अब्यबहारिक छ यस्ले बिदेश जाने कामदारलाई रहात भन्दा झन पिडा दिएको छ १ यस्को कारणले नेपाल लाई प्रदान गर्दै आएका भिजा हरुमा कटौती गरेर अन्य मुलुक प्रदान गर्दा नेपाली हरुको रोजगारी गुमेको छ । देश्रो कुरा सरकार ले भने जस्तो औपचारिक कागज पत्र मात्र तयार गर्ने,लेन(देन अनौपचारिक र अबैध हुँदा राज्यलाई कर छल्न र कामदार ठग्न प्रोत्सहान गरिरहेको छ १ यसर्थ यस बारे गहिरो अध्ययन गरी निर्नयमा पुन र बिचार गर्न म मानिनिय मन्त्री ज्यु लाई अनुरोध गर्दछु १

बैदेशिक रोजगारिमा जाने प्रचलन हामी भन्दा धनी)धनी मुलुक हरुमा पनि बिधमान छ१ आज हामिले हाम्रो ब्यबस्था सन्चालनमा बिभिन्न देशका उदारण र अनुभव लिन्छौ तर देशको धन्नै आधा अर्थतन्त्र धानेको बैदेशिक रोजगारी बारे किन अन्य देश हरुको चलन र नियम कानुन को अनुशरन गर्दैनौ रु अहिले पनि भारतीयहरु , बाङ्गगालीहरु , पाकिस्तानिहरु , इन्डोनेसिया , फिलिपिनीहरु तोकेरै भिजा शुल्क तिरेर जाने नियम छन । जुन देशका कामदारहरु आझ हामी भन्दा पनि शिपमा दक्ष हुन्छन तर हामी मात्रै किन त्यो माग गरिरहेका छौ । कतै जनताको आगाडी लोकप्रिय हुन अब्यबहारिक नियम त बनाइरहेका छैन मन्त्री ज्यु रुफ्री केबल सरकारी कागजमा मात्र सिमित छ सरकारी कागज मा एउटा तलब उल्लेख हुन्छ, पाउने अर्कै पाउछ १यस्तो दोहोरो परिपाटिले काम्दारलाई झनै समस्या पारेको छ ।साक्चिकै यो क्षेत्रलाई मर्यादित र ब्यबस्थित बनाउने हो भने निम्न बिसयमा स्पस्ट हुन जरुरी छ १

१-रोजगार दाता र ब्यबसाय९काम दारको एजेन्ट ० बिच हुने बास्तबिक सम्झौता लाई नै राज्यले मान्यता दिनु पर्छ । नकी कामदार ले ८००ं२०० तलब पाइरहेका हुन्छन तर सरकार ले ९००ं३०० कागज बनाउदा मात्र श्रम स्विकिर्ती दिन्छ्१ कुनै पनि देश र कम्पनिको तलब त्यो देशको चलन र मान्यता अनुशार हुन्छ हाम्रो देशले तोकेको तलब ति देशका रोजगार दाता कम्पनिले माम्न असम्भब छ जस बारे पुनर्बिचार गर्नुस १

२- कामदार हरु ठगिने र ढाट छलमा पर्ने मुख्य पाटो बैदेशिक रोजागरिमा जाने कामदार र रोजागारी दिलाउने मेनपावर कम्पनिको दुरी नै हो १ यो जती सक्यो नजिक हुनुपर्दछ ।यस भित्र रहेको चरम मध्यस्तता९मिडिटियर ०हरु बाट गरिने प्रकृयाले नै कामदार र मेनपावर लाई बढी अप्ठ्यारो परेको देखिन्छ १ यसमा कमोजोरी स्वयम दुबै पक्षको छ १ कामदार पनि सिधै मेनपावर कम्पनी सम्म आउन सक्दैनान जस्ले गर्दा खास कुन मेनपावर हो, कती तलब भनेको छ भन्ने सही जानकारी हुँदैन र मेनपावरहरु पनि सिधै रोजगारिमा जाने कामदार सँग सिधा जोडिएका हुँदैन जस्ले गर्दा जब भिजा आउछ उडानको लागी अभिमुखिकरन को कलास सन्चालन गर्दा भनेको भन्दा फरक परेको गुनासो सुन्नु पर्छ्१ यसर्थ मुख्य ठगी र चर्को रकम तिर्नबाट एक हद सम्म कम गर्ने हो भने मेनपावर ले आफ्ना आधिकारिक कर्माचारिको ब्यबस्था गाउ(गाउ सम्म गर्न जरुरी छ त्यस्तै रोजगारिमा जाने ब्यकतिहरु पनि ब्यक्तिगत रुपमा सचेत र सजग हुन जरुरी छ १

३-गाउ देखी शहर सम्म कामदार लाई मेनपावर सम्म सम्पर्क गराउने ब्यक्ती एजेन्टहरुलाई कानुनी दायरामा ल्याउन जरुरी छ ।उनिहरुलाई एजेन्टको परिचय पत्र प्रदान गर्न आबस्यक छ जस्ले कही ठगी गरे उस्को धरौटिबाट असुल उपर गर्ने गरी धरौटिको पनि ब्यबस्था गर्न जरुरी छ १र उनिहरुलाई पनि कर को दायरामा ल्याउन जरुरी छ १

४-बैदेशिक रोजगारिमा जाने ब्यक्तिहरुले तिरेको रकमको भर्पाइ लिने ब्यबस्था हुनु पर्दछ १ एकजना ब्यक्ती बराबर खर्च कटाइ १० देखी १५ सम्म बचत हुने गरी रकम लिन पाउने नियम बनाउन जरुरी छ ,
५ -बैदेशिक रोजगारिमा जाने ब्यक्तिको काम्, कर्तब्य र अधिकार बारे भिजा लगाउनु पुर्ब नै कामदार लाई जानकारी गराउनु पर्ने सुनिस्चिता जरुरी छ ,

६- कम्पनी बाट प्राप्त हुने कामदार माग पत्र९ डिमान्ड लेटर ० प्राप्त गर्न राज्यले सहजता गर्नु पर्नेमा झन(झन असहज र झन्जेटिलो नियमहरु लागु गरिरहेको छ ।कुनै पनि त्यो देशको चेम्वर अफ कमर्सबाट मान्यता प्राप्त कम्पनिहरुले चेम्वर गरी पठाइएका डिमान्डलाई मान्यता नदिने नियम झन झन्जेटिलो छ । यदी सबै कम्पनिका डिमान्डहरु नेपाली दुताबास बाटै स्विकृती लिनै पर्ने हो भने पनि रोजगार दाता कम्पनी ले पेश गरेको मागपत्र भिजा एप्रुभल बेगर पनि पास हुने ब्यबस्था गर्न जरुरी छ ।

रोजगारदाता कम्पनी ले नियम अनुरुप डिमाण्डमा उल्लेखित पदहरुमा आउने कामदार लाई काम तलब दिनेछु भनु मन्जुर भएमा डिमान्ड स्विकृती गर्दा बिदेशी कम्पनिहरु काम्दार लिन इच्छुक हुनेछन अन्यथा यि र यस्तै अब्यबहारिक नितिले नेपालिको लागी बचेकुचेको रोजागारिमा पनि कमि आउने छ्११

७-यस बैदेशिक रोजगारी ब्यबासायको नाउ जोडेर कयन खाले ठुला ठुला मानब तस्करि हुने गर्दछन । लाखौ रकम लिएर सरकार ले अनुमती नै नदिएका मुलुक हरुमा मान्छेहरुलाई पठाउने गिरोह छन त्यो क्षेत्रमा अनपढ भन्दा केहि हुने खाने र पढेलेखेका हरु नै जाने चलन तिब्र हुँदै आएको छ । ठुला ठुला देशमा र धेरै तलब पाउने आश देखाइ पैसा असुल्ने यत्र तत्र अबैधानिक गिरोहहरु छन १बैदेशिक रोजगारिको नाउमा हुने गरेका गैरकानुनी मानब तस्कर का कृयाकलाप लाई रोक्न मात्रै यो राज्यले सक्यो भने पनि यो क्षेत्र सुधारमा धेरै सफलता मिल्ने छ१

८-यस बैदेशिक रोजगार ब्यबसायको क्षेत्रमा रहेका थुप्रै सिन्डिकेटहरु छन ,पैसा र पहुचको भरमा रोजगार दातालाई प्रभाबमा पार्ने , पैसाको भरमा राज्यका कर्मचारी नै आफ्नो हातमा लिएर रोजगारिमा जाने काम्दार लाई आर्थीक भार थप्ने जती पनि कृयाकलप छन यस्को अन्तयय गर्न जरुरी छ्१ अधिकतम बैक ज्ञारेन्टी गरी मेनपावर दर्ता हुनुले झन कामदार लाई ठगिने र आर्थीक भार थपिने निस्चित छ । स्वस्थ प्रतिस्प्रधामा ब्यापार ब्यबसाय गर्न पाउनु पर्दछ १

अन्तमा देश सामाजबादमा जाने भनाइ यहाँ हरुबाट आइरहेको छ । समाज बाद भनेको मानब समाजको चारैतिर तिब्र बिकाश हो । बिदेश जानु बिदेश पठाउनु आफैमा बाध्यता छ । अहिले पनि मुस्किल ले ५० जनाको घर बनाउने काम को माग बिदेशबाट प्राप्त भयो भने ५०० राह्दानी रोजगारिमा जाने आकान्छी जम्मा हुने अवस्था छ । यो अवस्थाको अन्त्यय प्रत्यक्ष अप्रत्यक्ष तरिकाले बिदेश जाने नेपाली लाई रोक लगाएर सम्भव छैन । अहिले पनि धेरै देशमा घरेलु महिला कामदार पठाउन सरकार ले इजाजत दिएको छैन तर दैनिक सयौको सङ्ख्यामा खुला नाकाको फाइदा उडाउदै नेपाली महिलाहरु बिदेशी भुमिमा पुगेका छन । ति महिलाहरु ूदलालू का कारण ले मात्रै त्यहाँ पुगेका होईनन । उनिकै इच्छा र अनुरोधमा त्यहाँ पुगेका छन ।किन कि उनिलाई पनि रोजी रोटिको बाध्यता छ ।यसर्थ , भबिस्यमा आकर्शक काम र तलबको लागी मात्र यो बैदेशिक रोजगारी क्षेत्र खुल्ला रहोश नत्र सदाको लागी बन्द होश भन्ने सोच नै राख्ने हो भने सरकार ले धेरै भन्दा धेरै रोजगारिको सृजना गरोस नत्र यो असम्भप्राय छ ।

मन्त्री ज्यु यहाँ मन्त्री मात्रै नभइ हाम्रो पार्टिको एक युवा नेता पनि हो । समाज, रास्ट्र र जनताको पक्षमा चालिने हेरेक कदम को हाम्रो साथ रहने छ ।यहाँको कार्यकाल मा बैदेशिक रोजगारिको मात्र होईन देश भित्रै रोजगारी पाइरहेका नेपालीहरु लाई कम्पनी हरुले तलब दिएका छन कि छैनन रु स्वास्थ्य बिमा , औषधी उपचार, करार सेवा को सुबिधा पाएका छन कि छैनन त्यो पनि हेर्न जरुरी छ१ बिदेशमा बिल्डिङ तयार गर्ने कम्पनिमा सेप्टी सामग्री पायो कि पाएन भन्ने चिन्ता जस्तै हाम्रो मन्त्रालय नजिकै बनी रहेको ठुलो भवनमा न टोपी न खुट्टामा जुत्ता लगाएका श्रमिक र उक्त काम दिने कम्पनी बारे पनि सोच्न पर्छ किरुसाउदी, कतार ,मलेशिया मात्रै होइन जेस्ठको घाममा तृशुलिको भिरमा काम गर्ने मजदुर पनि नेपाली श्रमिक नै हो१ श्रम मन्त्री ज्यु हजुरको नजर त्यहाँ पनि लागोस ।

२(३ लाख पैसा दियो भने बैदेशिक रोजगारी क्षेत्रमा काम गर्ने सरकारी कर्माचारीले नै भिजिट भिजामा नेपाली हरु दुबइ लगाएत का मुलुक हरुमा पठाइरहेको , प्राप्त भिजा वा कुनै कागज पत्रमा स सानो त्रुटी भयो भने घुस या अतिरिक्त रकम लिइ स्विकृती दिने गरेका समाचार सधै जसो आउछन मन्त्री ज्युको ध्यान त्यता जाओस १ बिदेश जानु पूर्व जुनसुकै कामदार पनि म त्यो देशको निती नियम र अनुशासन मान्न तयार छु भन्ने तर कम्पनी पुगिसके पछी जाड रक्सी खाने हुलदङ्गा गर्ने र त्यहाँको नियम बिपरित आइ मेनपावर ब्यबसायिलाई उजुरी गरी क्षतिपुर्ती माग्ने क्रतब्यबिमुख बारे आउँदा दिन मा कसरी हेरिन्छ । यि याबत बारे गहन छलफल अन्तर्कृया गरी सही निर्नय लिनु हुनेछ । यस ब्यबसायलाई साक्चिकै मर्यादित र ब्यबस्थित गराउनु हुनेछ भन्ने आशा राख्दै अहिले लाई बिदा हुन्छु

उही तपाइको लिखे कार्यकर्ता

कमल डि सि
हाल मेनपावर ब्यबसायी
लिडर ओभरसिज प्रा।ली
काठ्मान्डु, नेपाल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्