रक्षामन्त्री पोखरेलको सम्पती कति ?



सैघाली खबर/काठमाण्डौँ, ९ जेठ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री लगायत मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक गरेको छ । सार्वजनिक सम्पती विवरण अनुसार रक्षामन्त्री ईश्वर पोख्रेलको ४ ठाउँमा जग्गा र घर छ । टोखामा २३ आना जग्गामा उनको घर छ । पुरानो घर र जग्गा बिक्रि गरी तथा ऋण लिएर त्यो घर बनाएको बताएका छन् ।

पोखरेलको झापाको चन्द्रगढीमा १२ कठ्ठा, भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना र धादिङको खानीखोलमा ४ रोपनी जग्गा छ । जसमध्ये चन्द्रगढीको जग्गा पोखरेलकै नाममा छ भने अरु श्रीमतीको नाममा छ । पोखरेलको कलेजदेखि हाइड्रो कम्पनीसम्म लगानी रहेको खुलेको छ । अनुसार उनको तीन वटा कम्पनीमा शेयर लगानी छ । पोखरेलले श्रीमती मिरा पोखरेलको नाममा बरुण हाइड्रो, कृषि विकास बैंक र मोर्डन कन्या मल्टिपल क्यापसमा लगानी गरेका छन्।

बरुणमा उनको १० हजार कित्ता, कृषि विकास बैंकमा १ सय कित्ता तथा मोर्डन पल्टिपल क्याम्पसमा ५ हजार कित्ता शेयर छ । मन्त्री पोखरेलको इन्भेष्टमेन्ट बैंकमा खाता छ । जून खातामा ७ लाख रुपैयाँ रहेको उनले उल्लेख गरेका छन् । जून भ्रमण भत्ता, पुस्तक बिक्रिबाट प्राप्त भएको उल्लेख गरिएको छ । आफुसँग करिब ९ तोला सुन रहेको र २५ तोला चाँदी रहेको उनले उल्लेख गरेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्