सरकारले नागरिकको अपेक्षा पूरा गर्छ : प्रधानमन्त्री ।।



सैघाली खबर/काठमाण्डौँ, ९ जेठ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘वल्र्ड फेडेरेशन अफ डेमेक्रेटिक यूथ’ सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

कार्यक्रममा उनले सरकारले नागरिकको अपेक्षालाई पूरा गर्न ‘सुखी नेपाली, समृद्ध नेपाल’ को मूल नारा बनाएर सरकारअघि बढेको पनि स्पष्ट पारेका थिए । युवाहरुको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले ५ वर्ष्भित्र मुलुकलाई विकासोन्मुख राष्ट्र बनाउने गरी नीति तथा कार्यक्रम ल्याएको दावी समेत गरे ।

उनले नागरिकको चाहनालाई पूरा गर्न दुई ठूला कम्युनिष्ट पार्टीहरु एकतावद्ध भई नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु परेको उल्लेख गरेका छने । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न युवाहरुलाई पनि आह्वान गरे ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्