बालबालिकालाई अधिकार सम्पन्न बनाउन वालमैत्री स्थानीय शासनमा जोड



दाङ,९ जेठ ।स्थानीयतहमा वालमैत्रि शासनको विकास भएमात्र वालवालिकाहरु अधिकार सम्पन्न बन्ने एक कार्यक्रमका सहभागीहरुले निष्कर्ष निकालेका छन् । देशभर रहेका ४२ प्रतिशत वालवालिकाहरुलाई अधिकारसम्पन्न बनाए मात्रै नयाँ पीढीले देशको लागि केही गर्न सक्ने निश्कर्ष निकालेका हुन् ।बंगलाचुली गाउँपालिका को आयोजनामा मंगलबार आयोजीत वालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीले बंगलाचुली गाउँपालिकालाई वालमैत्री गाउँपालिकाको रुपमा विकास गर्न आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराख्ने बताउनु भयो ।उहाँले स्थानीय तहमा अधिकार धेरै भए पनि अधिकार सम्पन्न बनाउनका लागि केही कानुनी जटीलताका कारण समस्या उत्पन्न भएको बताउनु भयो । गोष्ठीमा विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

गोष्ठीमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओली,उपाध्यक्ष यमुना थापामगर,प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल,आठ ओटै वडाका वडा अध्यक्षहरु,वडा सचिव तथा सामाजिक परिचालकहरु,गाउँपालिकामा अवस्थीत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक,गाउँपालिका का विभिन्न शाखाका कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।अभिमुखिकरण कार्यशाला गोष्ठीको प्रशिक्षकमा विकीरण गौतम रहनु भएको थियो । प्रशिक्षक गौतमले सहभागीहरुलाई स्थनीय वालमैत्री शासन,वालवालीकाको अधिकार, वालविकास,योजना तर्जुमा लगाएतका विषयमा प्रशिक्षीत गराउनु भएको थियो ।

यसैविच यस अघि बंगलाचुली गाउँपलिका ८ ओटै वडामा वालमैत्रि स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यशासला गोष्ठी सम्पन्न गरीएको थियो ।बंगलाचुली गाउँपालिकालाई वालमैत्री गाउँपालिकाको रुपमा स्थापीन गराउनका लागि प्रत्येक वडाहरुमा सो कार्यक्रम गरीएको बंगलाचुली गाउँपालिका महिला विकास शाखाकी प्रमुख पार्वती रानाले जानकारी दिनुभयो ।गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्