घोराहीका डेरी नियम विपरित



 

दाङ,९जेठ । दाङको घोराहीमा रहेका डेरी पसलहरु मापदण्ड विपरित सञ्चालन भएको पाईएको छ । घोराहीका अधिकांश डेरी पसल सञ्चालकहरुले डेरी पसलको रुपमा दर्ता गरेर कफि हाउस र किराना पसलहरु सञ्चालन गरेको पाईएको छ भने किराना पसल र कफि हाउसको रुपमा दर्ता गरेर डेरी पसलहरु सञ्चालन गरीरहेको पाईएको हो ।

बुधबार स्थानिय प्रशासन र विभिन्न निकायहरुले गरेको अनुगमनका क्रममा घोराहीका डेरी पसलहरु प्रचलित मापदण्ड विपरित सञ्चालन भएको पाईएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । घोराहीका राम्रा भनिएका करिब १० वटा डेरी पसलहरुमा अनुगमन गरीएको थियो । अनुगमनको क्रममा कतिपय डेरीहरु सम्बन्धीत निकायहरुमा दर्ता नभई सञ्चालनमा भएको पाईएको छ

डेरी पसल सञ्चालकहरुले दुग्धजन्य बस्तुहरुको साथै चिया कफि समेत बेच्दै आएको पाईएको छ । तर त्यो डेरी उद्योगको मापदण्डमा नगर्ने उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालले बताउनुभयो । यस्तै धेरै जसो डेरी पसल सञ्चालकहरुले किराना सामग्रीहरु समेत बेच्दै आएको पाईएको उहाको भनाई छ । घोराहीको गणेश मन्दिर नजिकै रहेको रिजाल कफि हाउस, नयाँ बजारमा रहेको पाण्डउ कफि हाउस्, लखन पार्क नजिकै रहेको सिमा एण्ड फोसिस डेरी, रिजाल कफि हाउस्, शहिद उमेश मार्गमा रहेको लिला डेरी, लमही डेरी र नेपाल परिवार नियोजनको कार्यालय अगाडी रहेको सुबेदी स्टोर लगाएतका पसलहरुमा छड्के अनुगमन गरीएको थियो ।

डेरी सञ्चालक संघका अध्यक्ष ईश्वरी घिमिरेको लमही डेरीमा समेत अनुगमन गरीएको थियो । एक साता भित्र घोराहीका डेरी पसलहरुमा मापदण्ड अनुसार नै सुधार गर्ने अध्यक्ष घिमिरेले प्रतिबद्धता जनाउनु भएको छ ।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंह, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषाल, डेरी सञ्चालक संघका अध्यक्ष इश्वरी घिमिरे, पत्रकार नवीन अभिलाषी लगाएत सहभागी हुनुहुन्थ्यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्