चलचित्र प्रेमनाथको शुभ-मुर्हत



दाङ ९ जेठ । नेपाली कथानक चलचित्र प्रेमनाथको बुधवार पाण्डवेश्वर मन्दिर धारापानीमा शुभमुर्हत गरिएको छ । दाङका कलाकार गणेश बेलवासेको लेखन तथा निर्देशनमा बल्न लागेको उक्त चलचित्रलाई डोनको साहेताले मन्दिर र त्यसवरिपरिको दृष्य खिचेर फिल्मको छायाङ्कन प्रारम्भ गरिएको थियो । स्थानिय तथा राष्टिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको अभिनय रहने उक्त चलचित्रमा दाङका कलाकारहरु सुदन थापा, तेजजंग लगायतका पनि छन ।

राष्टिय कलाकारहरुमा सुरवीर पडित, मोहोन निरौला, निर शाह, मिथिला शर्मा र चर्चित नायिका शिल्पा पोखरेल रहेको निर्देशक वेलवासेले जानकारी दिए । यस्तै चलचित्रको लागि अन्य केही मुख्य कलाकारसँग पनि कुरा भैरहेको उनले बताए । करिव एक करोडको लागतमा उक्त चलचित्र निर्माण गर्न लागिएको र दाङ, बाके, बुटवल, रुकुम, रारा ताल, भारतको लखनउ लगायतका स्थानमा चलचित्रको छायाङ्कन गरिने उनले जानकारी दिएका छन । चलचित्रको लागि दाङका व्यवसायी खड्क बुढाथोकी, महेश श्रेष्ठ, निश्चल रावत लगायतको लगानि रहने बताइएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्