दाह–संस्कारमा सहभागी दलित महिलालाई शव छोईने भन्दै लखेटिए



पश्चिम दाङमा जातीय विभेद

 

जनक नेपाली
दाङ ९ जेठ । दाह–संस्कारमा सहभागी हुन भएका दलित महिला लखेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका ८ दुधेना निवासी बसन्ती आचार्यले शव छोईने भन्दै स्थानिय दलित महिलालाई गालीगर्लाेज गर्दै लखेटीकी हुन । अन्दाजी ४५ बर्षीय आचार्यले स्थानीय राधिका विक,पार्वती विक,हस्ता विक,बिष्णी टमाटा,प्रतिमा विक, हिरा सुनार र सिता सुनारलाई लखेटिकी हुन । गत जेठ ६ गते स्थानीय मोहन भण्डारीका छोरा मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएकोले उनिहरु दाह–संस्कारमा सहभागी हुन भन्दै भण्डारीको घरमा पुगेका थिए । भण्डारीको घर पुगेकी बसन्तीले दलितले शव छोए मृर्तक स्वर्ग नपुग्ने भन्दै गाली गर्दै धक्याउँदै आगनबाट बसन्तीले निकाल्नु भयो स्थानीय राधिका विकले बताउँनुभयो ।

‘हामी केही बोलेनौ मृर्तक परिवारलाई अप्ठेरो पर्ला भनेर चुपचाप बस्दा पनि हामी माथी पशुको जस्तै व्यवहार भयो उहाँले भन्नुभयो । उहाँले धकेल्दै पठाएपछि सबै जना घर आयौँ विकले भन्नुभयो । घटनाका दोषी बसन्ती आचार्यले मृर्तकको शव आफन्त र घर परिवारले मात्र छुने परम्परा रहेकोले आफनो सामान्य रुपमा भनेको वताउँनुभयो । आफुले ती दिदी बहिनीहरुलाई दलित भनेर छुवाछुत नगरेको बताउँदै आफुबाट सामान्य गल्ति भएको स्वीकानु भयो ।

घटनाका दोषी बसन्ती पक्राउ
ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाका दोषी बसन्ती आचार्यलाई पक्राउ गरेको छ । प्रहरीले बसन्तीलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिनुभयो । । घटनाका बारेमा हामीले खबर पाए लगतै आचार्यलाई पक्राउ गरी अनुसन्धानका लागि राखेका छौ उहाँले भन्नुभयो । यसबारेमा छलफल भैरहेको छ यदी घटना सत्य तत्थभए कानुन बमोजिक प्रकृया अगाडी बढाउँछौ सापकोटाले भन्नुभयो ।

कारर्बाही गर्न दलित अधिकारकर्मीको माग
घटनाका दोषी बसन्ती आचार्यलाई दलित अधिकारकर्मीहरुले कारर्वाही गर्न माग गरेका छन् । दलित अधिकारकर्मीको तुलसीपुरमा बसेको कारर्वाहीको माग गरेको हो । दलित अधिकारकर्मी देवराज विश्वकर्मा, जोगेन्द्र विश्वकर्मा,निर्मल नेपाली, चुर्ण सुनार, जि.एल. नेपालीले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो मागगर्नु भएको हो ।

भेदभाव गर्नेको सजाय
जातीय भोभाव तथा छसवाछुत कसुर साय ऐन २०६८ अनुसार बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीनवर्षसम्म कैद वा एकहजार रुपैयादेखि पच्चीसहजार रुपैयासम्म जरिवाना वा दुवै सजाय, कसैले यस ऐन बमोजिमको कसूर गरेका ठहरिएमा अदालतले कसूरदारबाट पीडितलाई पच्चीसहजार रुपैया देखि एक लाख रुपैया सम्म क्षतिपूर्ति गराइदिन सक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्