नेपाल प्रहरीमा अब चारजना एआइजी मात्रै रहने



सैघाली खबर
काठमाण्डौं,१० जेठ
नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीको दरबन्दी घटाउने तयारी गरिएको छ । निर्माणाधीन संघीय प्रहरी ऐनको मस्यौदामा एआइजीको दरबन्दी चारजना मात्रै रहने व्यवस्था गरिएको हो । गृह मन्त्रालयका अनुसार निर्माणाधीन प्रहरी ऐनमा नेपाल प्रहरीको प्रशासन विभाग, अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र र प्रहरी अस्पतालमा मात्रै एआइजीको दरबन्दी रहने भनिएको छ । गृहले पठाएको मस्यौदामाथि प्रहरी प्रधान कार्यालयले रायसुझाब दिइसकेको छ । यसअघि नेपाल प्रहरीमा एआइजीको दरबन्दी १६ थियो । निर्माणाधीन मस्यौदाअनुसार कानुन बने नेपाल प्रहरीमा १२ एआइजीको दरबन्दी कटौती हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्