नीति तथा कार्यक्रममाथि आज पनि संसदमा छलफल



सैघाली खबर
काठमाण्डौं,१० जेठ

संघीय संसद्मा आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदैछ । प्रतिनिधिसभाको हिजोको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै करीब तीन दर्जन सांसदले आ–आफ्नो धारणा राखेका थिए । आज बाँकी सांसदहरुले आफ्नो भनाइ राख्नेछन् । नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका २३ सांसदले १६ भन्दा बढी विषयमा फरकफरक संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । बैठक आज बिहान १० बजे बस्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्मा प्रस्तुत गर्नु भएको थियो । सांसदहरुले भनाई राखिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्