आठ उपमहानगरपालिकाको अपडेटः काँग्रेस र एमालेबीच टक्कर



काठ

काठमाडौँ, १५ असार । दोस्रो चरणको चुनाव अन्तरगत ८ वटा उपमहानगरपालिकाको मतगणना जारी छ । प्रारम्भिक मतपरिणामले काँग्रेस र एमालेकैबीचमा प्रतिस्पर्धा देखिएको छ ।

प्रदेश नम्बर १ मा तीन उपमहानरपालिका छन् । १ नम्बर प्रदेशका इटहरी, धरान र विराटनगर उपमहानगरपालिकामा केहीबेर अघिमात्रै मतगणना सुरु भएको छ । तीनवटैको मतपरिणाम आइसकेको छैन् ।

प्रदेश नम्बर पाँचमा चार वटा उपमहानगरपालिका छन् । जसमध्ये वुटवल, तुलसीपुर, घोराही र नेपालगन्ज उपमहानरपालिकाको मतगणना जारी छ । तुलसीपुर र घोराहीमा एमालेले अग्रता लिएको छ भने वुटवलमा काँग्रेस अगाडि छ । नेपालगन्ज उपमहानगरको मतपरिणाम आइसकेको छैन् ।
वुटवलमा काँग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले ६०३ मत ल्याएका छन् भने एमालेका शिवराज सुवेदीले ४३० मत पाएका छन् ।
घोराहीमा एमालेका नरुलाल चौधरीले ४२० मत पाएका छन् भने माओवादीका जीवन गौतमले ३२० मत ल्याएका छन् । यसैगरी, काँग्रेसका भूपबहादुर डाँगीले १८० मत पाएका छन् ।
तुलसीपुर उपमहानगरमा एमालेका घनश्याम पाण्डे २८३ मतका साथ अग्रस्थानमा छन् । काँग्रेसका गेहेन्द्र गिरी १८९ मतले दोस्रो स्थानमा र माओवादीका शेशुराम भण्डारी ९ मतले तेस्रो स्थानमा छन् ।
उता, प्रदेश नम्बर ७ को धनगढी उपमहानगरपालिकामा काँग्रेसका नृप वडले अग्रता लिएका छन् । उनले १२० मत पाएका छन् । काँग्रेसका उम्मेदवार वडलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले टक्कर दिइरहेका छन् । धनगढी उपमहानरमा एमालेका दुर्गा जोशीले ३४ मत पाएका छन् ।

माडौँ, १५ असार । दोस्रो चरणको चुनाव अन्तरगत ८ वटा उपमहानगरपालिकाको मतगणना जारी छ । प्रारम्भिक मतपरिणामले काँग्रेस र एमालेकैबीचमा प्रतिस्पर्धा देखिएको छ ।

प्रदेश नम्बर १ मा तीन उपमहानरपालिका छन् । १ नम्बर प्रदेशका इटहरी, धरान र विराटनगर उपमहानगरपालिकामा केहीबेर अघिमात्रै मतगणना सुरु भएको छ । तीनवटैको मतपरिणाम आइसकेको छैन् ।

प्रदेश नम्बर पाँचमा चार वटा उपमहानगरपालिका छन् । जसमध्ये वुटवल, तुलसीपुर, घोराही र नेपालगन्ज उपमहानरपालिकाको मतगणना जारी छ । तुलसीपुर र घोराहीमा एमालेले अग्रता लिएको छ भने वुटवलमा काँग्रेस अगाडि छ । नेपालगन्ज उपमहानगरको मतपरिणाम आइसकेको छैन् ।
वुटवलमा काँग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले ६०३ मत ल्याएका छन् भने एमालेका शिवराज सुवेदीले ४३० मत पाएका छन् ।
घोराहीमा एमालेका नरुलाल चौधरीले ४२० मत पाएका छन् भने माओवादीका जीवन गौतमले ३२० मत ल्याएका छन् । यसैगरी, काँग्रेसका भूपबहादुर डाँगीले १८० मत पाएका छन् ।
तुलसीपुर उपमहानगरमा एमालेका घनश्याम पाण्डे २८३ मतका साथ अग्रस्थानमा छन् । काँग्रेसका गेहेन्द्र गिरी १८९ मतले दोस्रो स्थानमा र माओवादीका शेशुराम भण्डारी ९ मतले तेस्रो स्थानमा छन् ।
उता, प्रदेश नम्बर ७ को धनगढी उपमहानगरपालिकामा काँग्रेसका नृप वडले अग्रता लिएका छन् । उनले १२० मत पाएका छन् । काँग्रेसका उम्मेदवार वडलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले टक्कर दिइरहेका छन् । धनगढी उपमहानरमा एमालेका दुर्गा जोशीले ३४ मत पाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्