‘गोरे’को बयान सुरु



सैघाली खबर
काठमाण्डौं, १० जेठ

३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’को जिल्ला अदालत मोरङमा प्रारम्भिक बयान शुरु भएको छ । सुन तस्करी र शाक्यको हत्याको सम्बन्धमा भएका सबै घटनाको सम्बन्धमा क्रमिक रुपमा बयान लिने काम भइरहेकाले केही दिन अझै बयान लिइने अदालतको स्रोतले जनाएको छ । गोरेलाई मंगलबार काठमाडौँमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेपछि जिल्ला अदालत मोरङमा बयानका लागि मंगलबारै विराटनगर पु¥याइएको थियो । सुन तस्करी, सांगठनिक अपराध र हत्याको घटनाको सम्बन्धमा प्रहरीले ६३ जनामाथि मुद्दा दर्ता गरेकामा पक्राउ परेका ३० जनामध्ये मंगलबारनै अदालतले २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्