प्रदेश ४ को मन्त्रिपरिषद्को बैठक



सैघाली खबर
काठमाण्डौं,१० जेठ

प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि सिफारिश गर्ने निर्णय गरेको छ । मोदी गाउँपालिका वडा नं २ स्थित साविक देउपुर गाविसको कार्यालयमा रहेको केन्द्रलाई देउपुरकै पातीचौरमा सार्ने गरी दुईतिहाई गाउँपालिका सदस्यबाट प्रमाणित भएर आएकोमा त्यसलाई केन्द्रमा सिफारिश गरी पठाउने निर्णय बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो । त्यस्तै, बैठकले प्रादेशिक दुग्ध विकास बोर्ड गठन विधेयक प्रदेशसभामा पठाउने निर्णय पनि गरेको छ । बैठकले आर्थिक कार्यविधि ऐन, २०७४ का विभिन्न चारवटा बुँदामा संशोधन गर्ने निर्णयसमेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्