१० जेठ धनगढी काठमाडौँबाट धनगढी जाँदै गरेको बस दुर्घटना भएको छ । विहीबार विहान नवलपुरको दुम्कीवास नजिक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस दुर्घटनामा अन्य चार जनाको अवस्था चिन्ताजनक छ ।
प्रहरीका अनुसार दुम्कीवास नजिक उक्त बसले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भरहेको छ ।