दाङ अपडेटः माओवादी तीन, कांग्रेस र एमाले एक/एक वडामा बिजयी



शमध्ये नौ वटा स्थानीय तहमा मतगणना जारी रहेको छ । जसमध्ये पाँच वटा वडाको परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएका वडामध्ये तीन वडामा माओवादी केन्द्र, एक वडामा एमाले र एक वडामा कांग्रेस बिजयी भएका छन् । जसअनुसार राजपुर १ मा, राप्ती ९ र गढवा ८ मा माओवादीले जीत हात पारेको छ । बिजयी हुने वडा अध्यक्षहरुमा राजपुर १ मा बिष्णुबहादुर बुढा, राप्ती ९ मा रिमबहादुर सुनारी मगर र गढवा ८ मा सद्दाम सिद्दीकी रहेका छन् ।

त्यस्तै दंशीशरण १ मा एमालेका श्रीप्रसाद चौधरी र बंगलाचुली १ मा कांग्रेसका पदम केसी निर्वाचित भएका छन् ।

पालिका तर्फ घोराही र तुलसीपुर उपमहानगरपालिका तथा गढवा र दंगीशरण गाउँपालिकामा एमाले, राप्ती, राजपुर र शान्तिनगर गाउँपालिकामा माओवादी र बंगलाचुली गाउँपालिकामा कांग्रेसले अग्रता लिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्