प्रदेश ५

कामको जिम्मा लिएर पूरा नगर्ने कम्पनीको नाम संकलन गरिंदै

By थाहा अनलाइन

May 24, 2018

बाँके, १० जेठ

बाँके जिल्लामा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीको नाम सहितको विवरण संकलन भइरहेको छ । गृहमन्त्रीको विशेष निर्देशनमा जिल्ला प्रशासन कार्यालय, बाँकेले विकास निर्माणको काम सञ्चालन गर्ने विभिन्न सरकारी कार्यालय र स्थानिय तहसँग निर्माण कम्पनीको सूची माग गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार अहिलेसम्म समयमा काम सम्पन्न नगर्ने १२ निर्माण कम्पनीको विवरण प्राप्त भएको छ । प्राप्त सूचीका आधारमा समयमा काम नगर्ने, निर्माण कार्य छोडी भागेका ठेकेदारलाई पक्राउ गर्न बाँके जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी प्रक्रिया अघि बढाइने प्रजिअ केसीको भनाइ छ ।