अचम्मका कुरा

छोरीसँग बिहे गर्नेलाई १८ अर्ब दाइजो दिने बाबुको घोषणा, बिहे गर्ने भए पूरा पढ्नुहोला ।।

By थाहा अनलाइन

May 24, 2018

सैघाली खबर, काठमाण्डौँ, जेठ। तपाईको बिहे गर्ने उमेर भयो ? याँ बिहे गर्ने सोच बनाईरहनुभएको छ ? यदि त्यसो हो भने यो समाचार एकपटक अवश्य पढ्नुस । साँच्ची यो खबर अनुसार यहाँ एकैचोटी दुलहीको पति मात्र होइन अर्बपति समेत हुने मौका छ । वास्तवमा एकजना अर्बपतिले आफ्नी छोरीसँग बिहे गर्ने ज्वाइँलाई १८ अर्ब नगद दाइजो दिने घोषणा गरेका छन् ।

चिनिया अर्बपति व्यापारी सेसिल चाओ जे सुंगले यस्तो घोषणा गरेका हुन् । उनले आफ्नी समलिंगी छोरीलाई बिहे गरेर अन्माइदिन मोटो रकम दाइजोको प्रस्ताव गरेका हुन् । उनकी छोरी गिगी लेस्बियन छिन् । उनी पछिल्लो ९ वर्षदेखि आफ्नो एक लेस्बियन साथीसँग बस्दै आएकी छिन् ।

उनलाई बिहे गर्ने कोहीपनि केटा तयार भएका छैनन् । त्यसैका कारणले अर्बपति पिताले छोरीको बिहे गरिदिन यस्तो मोटो रकमको जुक्ति निकालेका हुन् । दाइजोको लोभ देखाएर छोरी बिहे गरिदिने यो उनको दोश्रो प्रयास हो । यसपटक उनले अफरको रकम निकै बढाएका छन् । यो भन्दा पहिले सन् २०१२ मा गिगीको विवाहका लागि उनले छोरीसँग बिहे गर्नेलाई झण्डै ७ अर्ब रुपैयाँको प्रस्ताव गरेका थिए ।

मोटो रकम पाउनका लागि अर्बपतिकी छोरीसँग बिहे गर्न २० हजार युवकहरुले दरखास्त हालेका भएपनि कोहीपनि सफल भएनन् । यो पटक दाइजो रकम दोब्बर पारेपछि लेस्बियन छोरीको पक्कै बिहे हुने सेसिलको विश्वास छ । उनले सोसल मिडियामार्फत पनि यो कुराको खुब प्रचार गरेका छन् । आफुले छोरी बिहे गर्ने भन्दै धेरै युवाहरुले उनीसँग सम्पर्क राखिरहेका छन् ।।