पाटन र डोटी विमानस्थल कालोपत्रे हुँदै, अछाममा परीक्षण उडानको तयारी ।।



सैघाली खबर/डोटी, १० जेठ।
प्रदेश नम्बर ७ का दुईवटा (पाटन र डोटी) विमानस्थल यसै आर्थिक बर्षभित्र कालोपत्रे हुने गरी तीव्र काम भैरहेको छ । त्यस्तै, अछामको साँफेवगर विमानस्थलमा कालोपत्रे सकिएसँगै शुक्रबार परीक्षण उडान गर्ने तयारी छ । बैतडीको पाटन, डोटीको दिपायल विमानस्थल पनि चालु आर्थिक वर्ष्भित्रै कालोपत्रे सम्पन्न गर्ने गरी काम भैरहेको छ ।

डोटी विमानस्थलमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको निर्माणमा संलग्न ठेकेदार कम्पनी सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनले जानकारी दिएको छ । गएको वर्ष कालोपत्रेका लागि ठेक्का भएका यहाँका तीन वटा विमानस्थलमध्ये अछामको साँफेवगर विमानस्थलमा कालोपत्रे काम सम्पन्न भएको हो । चैतमै सम्पन्न गर्नुपर्ने काम नसकिएपछि थप गरिएको असार मसान्तसम्म सबै काम सकिनेछ । रन वे, पार्किङ आन्तरिक सडक लगायतको काम कालोपत्रे सकिएको छ ।

विमानस्थलमा मर्मतको काम मात्रै गर्न बाँकी रहेको अवस्थामा परीक्षण उडान हुँदैछ । पहाडी जिल्लामा हवाई सेवा दिईरहेका साना जहाजको उडान र अवतरण हुने भएकोले समिट एयरको १९ सिटे लेट जहाजले परीक्षण उडान गर्ने तयारी गरिएको साँफेवगर विमानस्थल निर्माण योजनाका प्रमुख योगेन्द्र शर्माले जानकारी दिए ।

त्यस्तै, डोटी विमानस्थलको कालोपत्रेका लागि सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनले ६ करोड ८० लाखमा ठेक्का पाएर निर्माण थालेको हो ।डोटी विमानस्थल असार मसान्तसम्म कालोपत्रे निर्माणको कार्य सम्पन्न गरी सक्ने गरी काम भैरहेको यो योजनाका प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर बालकृष्ण रेग्मीले बताए ।

बैतडीको पाटन विमानस्थल पनि यसै आर्थिक वर्षको असारभित्र कालोपत्रेसक्ने गरी काम गर्न आदेश दिएको इन्जिनियर रेग्मीले बताए ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्