नेपाली काग्रेशंले बंगलाचुली गाउँपालिकामा खाता खोल्यो



१५ असार, दाङ । दाङको बंगलाचुली गाउँपालिका साबिकको सैघा वडा नम्बर १ मा कांग्रेसका पदम केसीको प्यानल नै विजयी भएको छ ।
निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तराम भण्डारीलाई एक सय मत अन्तरले पछि पार्दै केसी विजयी भएका हुन् । केसीले ३ सय ५४ मत प्राप्त गर्दा भण्डारीले २ सय ५४ मत पाए ।एमालेका अध्यक्ष ३३० ,उपाध्यक्ष २३१ मत पाए
त्यस्तै महिला सदस्यमा देवा पौडेल, दलित महिला सदस्यमा राधिका नेपाली र सदस्यहरुमा चन्द्रकुमार घर्ती र माधिका कँवर विजयी भएका छन् ।

कुल मतदाता १ हजार ३ सय ६९ रहेको यस वडामा ९ सय ४३ मत खसेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्