नेकपाको पहिलो बैठक आज, केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन आग्रह ।।



सैघाली खबर/काठमाण्डौँ, १० जेठ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक बिहिबार बस्ने भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीकेन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिएपछि बिहिबारपहिलो बैठक बोलाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा पार्टीका दुई जना अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम छ । पहिलो बैठक भएकाले केन्द्रीय सदस्यहरुबीच परिचय गर्ने, निर्वाचन आयोगको प्रक्रियाका लागि हस्ताक्षरसहितका कागजात संकलन गर्ने पनि बताइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई अनिवार्य रुपमा नागरिकतासहित उपस्थित हुन सूचना जारी गरिएको छ । निर्वाचन आयोगले केन्द्रीस्य सदस्यहरुको नागरिकतासहितको विवरण बुझाउन ताकेता गरेपछि उनीहरुलाई नागरिकतासहित आउन सूचना जारी गरिएको हो । नेकपाले पार्टी एकताकै दिन जेठ ३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । नेकपाको केन्द्रीय समितिमा ४ सय ४१ जना सदस्य छन् । ६ जनालाई भने स्थायी आमन्त्रित सदस्यका रुपमा बैठकमा बोलाइएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्