प्रदेश ५, ६ र ७ मा हुने चार्टर्ड उडान बन्द, कारण के ?



सैघाली खबर/बाँके, १० जेठ।
बाँकेको नेपालगञ्जबाट प्रदेश नम्बर ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर्ड उडान बिहीबारबाट बन्द भएको छ । चार्टर्ड उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि उडान बन्द गर्ने निर्णय गरिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए ।

निजी विमानले चार्टर्ड उडानको नाममा दोब्बरभन्दा बढी भाडा असुल्दै आएका थिए । तिवारीका अनुसार अब समान भाडादर कायम गरिएको छ । नयाँ भाडादर पहिलेको सहुलियत दरभन्दा अलिक महँगो र चार्टरभन्दा सस्तो पर्ने छ । यसअघि सातामा एक दिन मात्र सहुलियत उडान हुने गरेको थियो ।

चार्टर्ड उडान बन्द गरेर समान भाडादर तोकिएपछि सबै यात्रुले तोकिएको समान भाडामा यात्रा गर्न पाउने सुनिश्चित भएको छ । हाल नेपालगन्जबाट तारा, सीता, समीट र नेपाल एयरलाइन्सले पहाडी जिल्लामा विमान सेवा सन्चालन गर्दै आएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्