२८ यात्रु बोकेको विमान दुर्घटना, उद्धार कार्य जारी ।।



सैघाली खबर/काठमाण्डौँ, १० जेठ।
‘खनालपुर’ विमानस्थलबाट २८ यात्रु बोकेर काठमाडौंका लागि उडेको ‘नक्कली विमान’ दुर्घटनामा परेको छ । दुर्घटनास्थलमा दमकल र एम्बुलेन्सबाट आगो निभाउने र घाइतेको उद्धार गर्ने काम भैरहेको छ ।

विमानस्थलका कर्मचारी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन् । तर यो साँच्चिकै दुर्घटना नभई दुर्घटना भयो भने कसरी उद्धार गर्ने भन्ने बारेको आकस्मिक अभ्यास हो । त्रिभुवन विमानस्थलमा विहीबार यसरी आकस्मिक अभ्यास गरिएको हो । खनालपुर विमानस्थल भनेर काल्पनिक विमानस्थलको नाम दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।

दुर्घटना भएमा कसरी तत्काल उद्धार गर्ने र क्षति हुनबाट जोगाउने भन्ने बारेमा अहिले अभ्यास भइरहेको हो । स्वास्थ्य मन्त्रालय र नागरिक उड्डन प्राधकिरणले विमानस्थलमा आकस्मिक अभ्यास गरेका हुन् । बिभिन्न प्राविधिक नाम दिएर आकस्मिक अभ्यास गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकार दिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्