प्रदेश ३

पार्टी एकता अवसर र चुनौती दुबै हो : प्रचण्ड ।।

By थाहा अनलाइन

May 24, 2018

सैघाली खबर, काठमाण्डौँ, १० जेठ। नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको रहस्य खोलेका छन् । मुलुकको अर्थतन्त्र डामाडोल हुने र मुलुकको अस्मिता नै बचाउन नसक्ने स्थितिमा पुग्ने भएकाले पार्टी एकता गरेको प्रचण्डले बताएका हुन् ।

बिहिबार नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको १२ औं स्थापना दिवसको कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । एकता अवसर र चुनौती दुबै रहेको उनले बताए । ‘अब यस्तै ७० वर्ष रहने हो भने अर्थतन्त्र डामाडोल हुन्छ’ उनले भने ‘अर्थतन्त्र जति डामाडोल हुँदै जान्छ यो राष्ट्रको अस्मिता त्यति नै खतरामा पर्दै जान्छ ।’

प्रचण्डले भने ‘कुनै दिन यस्तो पनि आउन सक्छ नेपालको राष्ट्रिय अस्मिता बचाउनै नसक्ने ठाउँमा पुग्ने खतरा छ । यही कुरालाई हेरेर हाम्रा उतार चढाव घु्म्ती मोडहरु र हाम्रा सबै संघर्षहरुको समीक्षा गरेर एकतामा आयौं ।’ अबको सरकारलाई कसैले छुन पनि नसक्ने प्रचण्डले बताए । अबको सरकार कसैले हल्लाएर नहिल्लिने पनि उनले बताए ।।