दरबारमार्ग बलात्कार काण्डका फरार ३ अभियुक्तविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस ।।



सैघाली खबर/काठमाण्डौँ, १० जेठ।
चार महिनाअघि दरबारमार्गको होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार काण्डका फरार ३ जना प्रतिवादीविरुद्ध अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको छ । यसअघि गत माघ पहिलो साता होटल ल्याण्डमार्कमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी थिइन् ।

प्रकरणमा संलग्न अन्य प्रतिवादीहरु विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेलको नाममा डिफ्यूजन नोटिस जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको हो । उनीहरुलाई फरार प्रतिवादी बनाएरै मुद्दा दायर गरिएको थियो । प्रकरणका मुख्य अभियुक्त पीडित युवतीका प्रेमी शैलेश कार्कीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश अदालतले दिइसकेको छ । कार्कीलाई केन्द्रीय कारागार, सुन्धारामा पठाइएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्